
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) जाजरकोटका कार्यकर्ता यति वेला श्रमदानमा व्यस्त छन् । जिल्ला स्वास्थ्य कार्यालयमा खानेपानी पुर्याउनका लागि श्रमदान गरिरहेका छन् ।
स्वास्थ्य कार्यालयमा खानेपानी नभएपछि अस्पतालमा आउने विरामीले बाहिर बाट बोतलको पानी (मिनिरल वाटर) किन्नुपर्ने बाध्यता भएपछि श्रमदान मार्फत अस्पतालमा खानेपानी पुर्याउने लक्ष्य लिएको भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले जानकारी दिए ।
उनले भने, ‘यहाँका स्थानीय सरकार, अस्पताल प्रशासनले वेवास्ता गर्दा अस्पताल आउने विरामीलाई खानेपानीको एकदमै समस्या भयो, त्यही भएर हाम्रो पार्टीले अस्पतालमा पानी पुर्याउने लक्ष्यका साथ जनश्रमदानमा जुटिरहेका छौं ।’
शनिवार विहान ८ बजेसम्म अस्पतालमा पानी पुर्याउने समेत शाहीले बताए ।
जिल्ला अस्पताल जाजरकोटमा खानेपानीको अभाव हुदाँ त्यहाँ आउने विरामीहरुलाई निकै समस्या हुने गरेको थियो । अस्पतालका कर्मचारी, विरामी कुरुवा वोतलको पानी किन्न बाध्य थिए ।
नेकपाले गरेको काम एकदमै सराहनीय भएको स्थानीय वुद्धीजिवीहरुको भनाई छ । विभिन्न कार्यालय बाट पाइपको व्यवस्था गरिएको गरी अस्पताल प्रशासनमा पानी पुर्याईने छ । जनताका पक्षमा नेकपा जाजरकोटले निरन्तर आवाज उठाईरहेको छ ।

















































। ६ श्रावण २०७९, शुक्रबार