
वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि वैज्ञानिक समाजवादी क्रान्ति आजको आवश्यकता हो । पहिलो कुरा हामी युवा विद्यार्थीले के बुझ्न जरुरी छ भने राज्यव्यवस्था जस्तो हुन्छ शिक्षा प्रणाली पनि त्यस्तै हुने गर्दछ । जहिले पनि शिक्षा प्रणाली ब्यबस्थाको अधिनमा हुने गर्दछ ।
अहिले संसदीय व्यवस्थाको स्वामित्वमा शिक्षा प्रणाली संचालित छ । जसले शिक्षामा विभिन्न समस्या उत्पन्न गरेको छ । नेपालमा डिग्री हासिल गरिसक्दा पनि सीप शून्य हुनु यो दुःखद कुरा हो । शिक्षित भएर पनि दक्ष हुन नसक्नु यो विद्यार्थी को दोष होईन । जब विद्यार्थीलाई सिक्न ेबेला खाली अर्कैको जीवनी सिकाईन्छ भने उसले दक्षता प्राप्त कहिले गर्ने ? शिक्षा केवल शिक्षित हुनको लागि मात्रै होईन, शिक्षा समाज बिकासका लागि, मानव मुक्तिका लागी, सामाजिक रुपान्तरणका लागी, बर्गको मुक्तिका लागि आवश्यकता अनिवार्य हुने गर्दछ ।
दलाल संसदीय ब्यबस्थाबाट परिचालित पुँजिवादी शिक्षा प्रणालिले असमानता मात्रै होईना विभिन्न खाले समस्या उत्पन्न गरेको छ । फलस्वरूप युवाहरु दिनहुुँ दिन देश छोडेर बिदेशिन बाध्य छन् सत्ताका संचालकहरु मुखदर्शक बनेर बसिरहेका छन् । नेपाली युवाहरु बिदेशका गल्लिहरुमा अलपत्र परिरहेका छन् राज्यसत्ताका संचालकहरु भने राष्ट्रघाती सम्झौता, दैनिक उपभोग्य सामन लगायतमा मूल्य वृद्धि गर्नमै ब्यस्त छन । जबसम्म दलाल पुजिंवादी संसदीय ब्यबस्था रहन्छ तबसम्म यी समस्याको हल हुन्छ भन्नू त्यो भ्रम र मुर्खताबाहेक अरु हुनै सक्दैन ।
दलाल पुँजिवादी राज्यब्यबस्थाबाट संचालित बेरोजगार उत्पादनको कारखाना बनेका बिभेदपुर्ण शिक्षालयलाई समाप्त पार्दै बैज्ञानिक समाजवादले हरेक क्षेत्रलाई आफ्नो दायित्व भित्र लिनेछ । शिक्षा क्षेत्रमा भएको दलालिकरण, र भ्रष्टिकरणका कारण आज शिक्षामै पनि बिभेद उत्पन्न भएको छ । निश्चित पुँजिपतिहरुले शिक्षालाई कमाईखाने भाँडोका रुपमा प्रयोग गर्दै आईरहेका छन् ।
जसका कारण धनिका छोराछोरी चिटिक्क टाईसुटमा सजिन्छन निजि बिद्यालयमा पढ्न जानेगर्दछन, अर्कोतिर गरिबका छोराछोरी झुत्रे कपडा लगाई खुट्टाम चप्पलनै नलगाएर सरकारी बिद्यालयमा पढ्न जाने गर्दछन । जबसम्म धनिले लिने शिक्षा एउटा र गरिबले लिने शिक्षा अर्को हुन्छ तबसम्म शिक्षामा सुधार र बर्गिय मुक्ती सम्भब छैना । एउटै उमेर समुहका बालबालिकाहरुले एकै प्रकारको शिक्षा लिने वातावरण अनिवार्य हुनुपर्छ ।
हामिले बुझ्ने कुरा के छ भने जब यो देशमा दलाल पुजिवादी प्रणाली रहन्छ तबसम्म शिक्षामा कुनै पनि फेरबदल हुनेवाला छैन । हाम्रो लक्ष्य एउटै छ कि धनी झन धनी बन्दै जाने गरिब झन झन गरिब बनाउने जुनखाले प्रणाली छ त्यसलाई अन्त्य गरि नेपाली जनताको मुक्ती र जनताकै ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्नका लागि संघर्ष गर्नु हाम्रो कर्तब्य हो र हरेक नागरिकले त्यो कुरा बुझ्नुपर्दछ ।
बैज्ञानिक समाजवाद स्थापना पछि शिक्षा क्षेत्र त्यही ब्यबस्थाको स्वामित्व र दायित्व भित्र रहनेछ र संचालित पनि बैज्ञानिक र ब्यबहारिक ढंगले हुनेछ । हरेक विद्यार्थीले सामान खालको शिक्षा प्राप्त गर्न, शिक्षा ब्यबहारिक, बैज्ञानिक हुने भएकाले आजको आवश्यकता बैज्ञानिक समाजवादी शिक्षा हो ।
बैज्ञानिक समाजवाद स्थापना भैसकेपछी राज्यले शिक्षा र स्वास्थलाई आफ्नो स्वामित्व एबम दायित्वमा लिनेछ । जसले शिक्षामा देखिएका असामनता, अब्यबहारिकता, अबैज्ञानिकता, शिक्षामा भएका ब्यापारिकरण, शिक्षा र स्वास्थ माथिको बर्गियता एवम विभिन्न चरित्रलाई अन्त्य गरि एकरुपता र समानता ल्याउनेभएकाले हरेक जनताका छोराछोरिले आफुले चाहेको शिक्षा निशुल्क र समानरूपले हाशिल गर्न पाउनेछन साथै अनिवार्य दक्ष र ब्यबहारिक बन्नेछन ।
शिक्षा बैज्ञानिक, प्राबिधिक, जीवनौपयोगी बनाईनेछ यसले शिक्षित बेरोजगारी एबम अदक्षतालाई समाप्त पारिदिनेछ । शिक्षा मानव जिवनको अपरिहार्य र अनिवार्य आवस्यकता भएकाले शिक्षा प्रणालिलाई ब्यबस्थित गर्नका दलाल पुँजिवादी प्रणालिको अन्य हुनै पर्दछ । शिक्षालाई हरेक नागरिकको पहुँचमा राखी, बैज्ञानिक, ब्यबहारिक, समानताम रुपान्तरण गर्नका लागि बैज्ञानिक समाजवादी शिक्षा आजको अपरिहार्य आवश्यकता हो ।
लेखक सिंह नेकपा ( बहुमत) निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य समेत हुन् ।
















































। ७ श्रावण २०७९, शनिबार