अस्पतालमा पानीको व्यवस्था गर्न माग गर्दै प्रजिअलाई विप्लवको ज्ञापनपत्र

No description available.
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी ( विप्लव) जाजरकोटले जिल्ला अस्पतालमा खानेपानीको माग गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेकपा जिल्ला कमिटी संयोजक पौरख मल्लको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ, ‘मानव जीवनको सबैभन्दा संवेदनशील अंग भनेको स्वास्थ्य हो ।

जसका निम्ती मानिसले कष्टपूर्ण जीवन विताईरहेको हुन्छ । यसको सेवा गर्नु स्वास्थ्य क्षेत्रको सबैभन्दा महत्वपूर्ण दायित्व र कर्तव्य हो तर यसमा स्वास्थ्य क्षेत्रका गैरजिम्मेवार पनले गर्दा नागरिकले थुप्रै समस्या व्यहोर्नु परेको छ । त्यसमा पनि हाम्रो जिल्ला जाजरकोट अछुतो रहन सकेको छैन् ।

फलस्वरुप पिउने पानी सम्मको अभावले विरामी र सेवाग्राही प्रत्यक्ष प्रभावमा परिरहेका छन् तर अस्पतालका कर्मचारी मिनिरल वाटरको प्रयोग गरी राखेका छन् । सेवाग्राहीहरु त्यहाँ भौतिक संरचना कार्यमा प्रयोग भईरहेको दुषित पानी पिउन बाध्य भएका छन् । यसले हाम्रो पार्टीको गम्भीर ध्यानाआर्षण भएको छ । र त्यसका लागि सम्बन्धीत पक्ष सँग तत्काल समस्या समाधान गर्न जोडदार माग गर्दछौं ।’

No description available.

 

तपाईको प्रतिक्रिया