कुशेमा मदिरा निषेधित गर्ने निर्णय


जाजरकोट । जिल्लाको कुशे गाउँपालिकालाई मदिरा निषेधित गाउँपालिका बनाउने निर्णय गरिएको छ ।

असार २८ गते बसेको गाउँ सभाको वैठकले मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीले जानकारी दिए ।

उनका अनुसार अव गाउँपालिका भित्र बाहिर बाट आउने मदिरा आयात र घरेलु मदिरा उत्पादन तथा विक्री वितरण गर्न नपाईने निर्णय गरिएको छ । यस्ता कार्यहरु नगर्न सम्पूर्ण उद्यमी, व्यवसायीहरुलाई सूचना मार्फत जानकारी गराईएको छ ।

No description available.

तपाईको प्रतिक्रिया