कुशे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

No description available.
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिका स्थित सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्वका विषयमा जानकारी दिइएको थियो ।राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिका भित्रका ९ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अहेव अमरजंग शाहले जानकारी दिए । सोमबार नै छुट्याएका ५२७ बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणाका गरिएको शाहले बताए ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको शाहले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिईएको छ ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, गैर सरकारी संस्थाका प्रतिनिधी लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

No description available.

No description available.

तपाईको प्रतिक्रिया