समाचार प्रभाव : राहत बोकेर पुगे बारेकोट गाउँपालिका अध्यक्ष मुनबहादुरको घर !

May be an image of 5 people, people standing, tree and outdoors
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी राहत बाकेर मुनबहादुरको घर पुगेका छन् । शनिवार हाम्रो पहुँच डटकमले गरिवका दर्दः ‘नेता ज्यू घर चुहिन्छ, जिउ ढाक्ने कपडा छैन्, जिउ धान्न मुठी चामल कहाँ बाट ल्याउ ?’ शीर्षकको समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि गाउँपालिका अध्यक्ष वीरबहादुुर गिरी राहत बोकेर बारेकोट गाउँपालिका ४ मैना ( जुम्क) का मुनबहादुर महरको घरका पुगेका हुन् । तत्कालै खानेवस्नका लागि चामल, पाल, ब्लांकेट, नुन तेलको व्यवस्था गरिएको छ । विगत ७÷८ बर्षदेखि छानो नफेरेको निकै जोखिम र डरलाग्दो घरमा बस्दै आएका महरलाई सुरक्षित ठाउँमा बस्न अध्यक्ष गिरीले आग्रह गरेका छन् । यस्तै जनता आवास कार्यक्रम मार्फत मुनबहादुरको घर बनाईदिने अध्यक्ष गिरीले प्रतिवद्धता व्यक्त गरेका छन् । राहत पाएपछि पीडित परिवार निकै खुशी भएका छन् ।

May be an image of 4 people, tree and outdoors

गरीवका दर्दः ‘नेता ज्यू घर चुहिन्छ, जिउ ढाक्ने कपडा छैन्, जिउ धान्न मुठी चामल कहाँ बाट ल्याउ ?’

तपाईको प्रतिक्रिया