बारेकोटले किसानलाई गोठालो भत्ता दिने

No photo description available.
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाले पशुपालन किसानलाई गोठालो भत्ताबापत मासिक दुई हजार दिने भएको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले कुराकानीका गर्दै पशुपालन प्रोत्साहनका लागि चालू वर्षको नीति तथा कार्यक्रममा गोठालोभत्ता व्यवस्था गरेको जानकारी दिए ।

‘पशुपालन क्षेत्रमा लागेको किसानहरूको आत्मबल बढाउन र व्यावसायिक पशुपालनलाई थप उचाइमा पु¥याउनका लागि हामीले यो वर्षदेखि गोठालो भत्ता कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । त्यसका लागि नीतिगत र बजेट व्यवस्थापन गरिसकेका छौँ । उहाँहरूलाई मासिक २ हजार दिनेगरी निर्णय गरेका छौँ ।’

त्यसका कार्यविधि बनाएरै अघि बढ्ने बताउँदै कम्तीमा ५ भन्दा बढी भैँसी र ५० भन्दा बढी भेडाबाख्रा पालेका किसानलाई समेट्ने सोच रहेको बताउँदै उनले सोको मापदण्डबारे कार्यविधिमा समेट्ने बताए । गोठालो भत्ताले पशुपालन गरिरहेका किसान उत्साहित हुने र अन्यलाई पनि पशुपालनका लागि उत्साहित बनाएर पशुपालन व्यवसायतर्फ लाग्न प्रेरित गर्ने बताए ।

उनले भने, ‘जसका कारण पशुपालक कृषक उत्साहित देखिनुभएको छ ।’ बारेकोट पालिकामा मुख्यगरी भेडापालन, बाख्रापालन र भैसीपालन व्यवसाय रहेको उनले जानकारी दिए ।

बारकोटेमा अहिले एउटै घरमा मानिस र पशुपालन गर्ने शैली कायम रहेको जानकारी दिँदै उनले मानवघर र पशुघर फरक– फरक बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

‘यहाँ अहिले पनि माथिल्लो तलामा मानिसहरू बस्ने र तल्लो तलामा गाईबस्तु बाँध्ने चलन छ । मैले यस वर्षदेखि अलग पशुघर र अलग मानवघर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको छु । र, बजेको पनि व्यवस्था गरेको छु । पाँच वर्षभित्र बारेकोटमा सबै घरमा अलग पशुघर र अलग मानवघर बनाउने निर्माण कार्य अघि बढाउने लक्ष्य लिएको छु र यो लक्ष्य पूरा गर्नेगरी अघि बढेको छु ।’

तपाईको प्रतिक्रिया