गरीवका दर्दः ‘नेता ज्यू घर चुहिन्छ, जिउ ढाक्ने कपडा छैन्, जिउ धान्न मुठी चामल कहाँ बाट ल्याउ ?’


बारेकोट । जाजरकोटको बारेकोट गाउँपालिका ४ मैना ( जुम्क) का मुनबहादुर महरलाई अहिले कसरी खानाको जोहो गर्ने भन्ने चिन्ताले सताईरहेको छ ।

भोक टार्ने पीडा मात्र छैन्, कसरी बस्ने भन्ने चिन्ताले हरेक रात पिरोलिरहेको छ । छोराछोरीलाई कसरी एकसरो कपडा व्यवस्था गर्ने भन्ने कुराले निद्रै लाग्दैन् । त्यो भन्दा अझै चुहिने घरको डर छ । कति वेला भत्किन्छ र मरिन्छ भन्ने चिन्ताले रातभर निदाउन नसकेको मुनबहादुरले दुःख पोखे ।

बर्खाको सिजन चलिरहेको छ । दिनैपिच्छे पानी परिरहेको छ । घर भत्किरहेको छ । घरको छानो चुहिरहेको छ । कति वेला भत्किन्छ भन्ने डर छ । छोराछोरी भन्छन् बा आज खाना के खाने ? कहाँ बाट ल्याउने ? श्रीमतीको शरीर ढाक्ने एकसरो कपडा छैन् ।

अरुको काम गरेर चलेको दैनिकी आजभोली बर्षातका कारण काम हुन सकेको छैन् । छोराछोरी नाङ्गै हिन्छन् । कसरी बच्ने, के खाने, कहाँ जाने ? भन्ने चिन्ताले सताईरहन्छ बारेकोट गाउँपालिका ४ मैना ( जुम्क) का मुनबहादुर महरलाई ।

चुनावको वेला गाउँमा आएर तपाईको घर बनाईदिन्छौ भोट हामीलाई दिनुहोस् भनेका नेता आएका छैनन् । जितेपछि मुनबहादुरको पीडालाई नेताले भुलिसकेका छन् ।

No description available.

तर उनको दुःखले भने भुलेको छैन् । ‘जिउ ढाक्ने कपडा छैन चुहिन्छ घरको छानो, कहाँ जाउ क्या गरी जुटाउ प्राण धान्य मानो’ यो गीतमा भने जस्तै परिवारको पालनका लागि एक मुठी चामलको खोजिमा दौडिरहेका छन् मुनबहादुर । स्थानीय नेता बुद्धीजिवी आउँछन्, केही गरौला भन्दै फोटो खिच्छन् फेरी फर्केर आउँदैनन् भन्दै मुनबहादुरले दुखेसो गरे ।

सात जनाको परिवारलाई अहिले खानाको कसरी जोहो गर्ने भन्ने चिन्तामा छन् । मुनबहादुर भने, ‘पानी परेको दिन रातभरी घर चुहिन्छ, घर भत्किन्छकी भनेर निन्द्रा लाग्दैन, विहानै उठेर गाउँमा पैँचो (चामल पिठो) लिन जान्छु कोही दिन्दैनन्, रित्तै घर फर्कन्छु ।’ परिवारलाई के खुवाएर पाल्नेहोला आँखा बाट आँसु झारे । उनले अहिले स्थानीय, प्रदेश र संघीय सरकारलाई राहतको व्यवस्था गरिदिन माग गरिरहेका छन् ।

भिडियाेमा पाेखिएका पीडा हेर्नुहाेस

वडा देखि गाउँपालिका सम्म धाईरहेका छन् उनको पीडा स्थानीय सरकारले सुनेको छैन् । बास गास र कपासको गतिलो व्यवस्था नहुँदा मुनबहादुरको परिवारले रोएर रात कटाईरहेको स्थानीय राजु नेपालीले बताए । उनले भने, ‘उहाँको घरमा एक मुठी चामल छैन्, छोराछोरी नाङ्गै छन् । हामीले अलिअलि राहत संकलन गरेर दिएका छौं ।

घरको पुरै एकापट्टी भत्किसकेको छ, जोखिम मोलेर बसिरहनुभएको छ ।’ छोराछोरीलाई लगाउने एकसरो कपडा नभएपछि उनीहरुले नाङ्गै हिडिरहेका छन् । सबैले मुनबहादुरको परिवारलाई सहयोग गरिदिन आग्रह गरेका छन् । सहयोगका लागि ९८४९३६८४१० मा सम्पर्क गर्न सकेत राजु नेपालीले आग्रह गरे ।

No description available.

मुनबहादुरकाे परिवार

 

तपाईको प्रतिक्रिया