डिएसपी  सन्तोष निरौला सम्मानित

जाजरकोट । जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला सम्मानित भएका छन् । जिल्ला अदालत जाजरकोटले जिल्ला प्रहरी प्रमुख डिएस्पी निरौलालाई प्रशंसा पत्र द्धारा सम्मान गरेको हो ।
कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छोटो अवधीमा आफ्नो संगठन प्रतिको उच्च ब्यवसायिकता प्रर्दशन गरी विगतका तीन आर्थिक बर्षको तुलनामा अदालतको तहसिलमा रहेका कैद र जरिवानाको लगत असुलीमा उल्लेखनिय कार्य गरेको भन्दै डिएस्पी निरौलालाई प्रशंसा पत्र सहित सम्मानित गरिएको जिल्ला अदालत जाजरकोटले जनाएको छ ।

यस अघि निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न र सुरक्षा ब्यवस्था चुस्त दुरुस्त राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै डिएस्पी निरौलालाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले पनि प्रशंसा पत्र द्धारा सम्मान गरेको थियो । डिएस्पी निरौला जाजरकोट आएको तीन महिना १४ दिन भएको छ ।
२०६७ भदौ १४ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका निरौला २०७७ जेठ १२ प्रहरी नायव उपरीक्षकमा बढुवा भएका थिए । सरकारले प्रदान गर्ने प्रवल जनसेवा श्री पदक राष्ट्रपतिबाट ग्रहण गरेको , अख्तियार सेवा पदक, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट हालै प्रसंसा पत्र सहित पुरस्कृत भएको लगायतका थुप्रै प्रशंसा पत्र प्राप्त गरेका निरौला प्रहरीमा कुशल नेतृत्वकर्ताको रुपमा परिचित छन् ।
जाजरकोट आएपछि घरेलु जाँडरक्सी नियन्त्रण तथा बरामद, लागु औषधको रुपमा रहेका अफिम र गाँजाका बोटहरु नष्ट गर्न सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । त्यस्तै शान्ति सुरक्षा, कैद तथा जरिवाना असुली, अवैध हतियार बरामद लगायतका कार्यमा सफलतापुर्वक भुमिका निर्वाह गरिरहेका छन् ।
जातिय छुवाछुत, अपराध नियन्त्रण र लागुऔषध दुब्र्यसनी सम्बन्धमा उनले विद्यालय तथा समुदाय स्तरमै पुगेर जनचेतना फैलाउने गरेका छन् । आफ्नो कामबाट पुर्ण रुपमा सन्तुष्ट रहेका डिएस्पी निरौला वेला वखतमा विभिन्न निकायले गरिने यस्ता सम्मानले काम गर्न थप उर्जा मिल्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया