जाजरकोटका सात उत्कृष्ट कृषक र दुई सहकारी पुरस्कृत

May be an image of 3 people, people sitting and people standing
खलंगा । जाजरकोटका सात जना उत्कृष्ट कृषक र दुई सहकारी पुरस्कृत भएका छन् । कृषि विकास कार्यालय जाजरकोटले एक कार्यक्रमको आयोजना गरी कृषि क्षेत्रमा उल्लेखनीय योगदान गर्ने सात जना कृषक र दुई सहकारीलाई पुरुस्कृत गरेको हो ।

सम्मान पत्र सहित कृषकलाई १० हजार नगद पुरुस्कार प्रदान प्रदान गरिएको छ भने सहकारीलाई नगद २० हजार पुरुस्कार प्रदान गरिएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपबहादुर नेपालीले जानकारी दिए ।

पुरुस्कृत हुनेहरुमा मौरीपालन तर्फ भेरी नगरपालिका १ का मनबहादुर राना, तरकारी खेतीतर्फ जुनीचाँदे गाउँपालिका ११ का दिपेन्द्र बहादुर बस्नेत, बीउ उत्पादन तर्फ नलगाड नगरपालिका ३ का दयाराम बिष्ट, फलफुल खेतीतर्फ कुशे गाउँपालिका ५ का भीमबहादुर शाह, आलु बाली तर्फ छेडागाड नगरपालिका १० का अनिता पुन, मसला बाली तर्फ शिवालय गाउँपालिका ९ का भीम प्रसाद रेग्मी, खाद्यान्न बाली तर्फ बारेकोट गाउँपालिका ४ का भीमबहादुर सिंह लाई पुरुस्कृत गरिएको सूचना अधिकारी नेपालीले बताए ।

यस्तै, कृषि सहकारी तर्फ भेरी नगरपालिका ८ को लालिगुराँस कृषि सहकारी संस्था लिमिटेड, र अन्य सहकारीतर्फ नलगाड नगरपालिका २ को जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सम्मान गरिएको छ । उत्कृष्ट किसानलाई शुक्रवार एक कार्यक्रमबीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ ।

May be an image of 3 people, people sitting and people standing

जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री र कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले पुरस्कार वितरण गरेका हुन् । पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको बारेकोट गाउँपालिका ४ का कृषक भीमबहादुर सिंहले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए ।

वास्तविक किसान नछुट्ने गरी, नक्कली किसान नपर्ने गरी र पहिला पाएका किसान नदोहोरिने गरी कार्यविधि मापदण्ड अनुसार छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रविन धितालले बताए ।

No photo description available.

तपाईको प्रतिक्रिया