उदामको सफलता: कपाल काटेरै करोडौंको कमाई !

प्रहरीको जागिर छोडेर हेयर कटिङ्गमा जमेका उदाम, कहिल्यै पेशा बाट हार खाएनन्, ५ सय भन्दा बढी यूवाहरुलाई सीप सिकाए ।

No description available.
विहान ६ बजे देखि राती ८ बजे सम्म दैनिक कैंची र व्लेड हातमा । पालै नपाईने गरी कपाल र दाह्री काट्नेको घुँईचो । २१ बर्ष देखिको दैनिकी यसरी नै चल्छ उदाम नेपालीको ।

२०५८ साल भदौं १० गते देखि कपाल र दाह्री काट्दै आएका भेरी नगरपालिका ४ जाजरकोटका उदाम नेपालीलाई मेहनतले फल पनि राम्रै दिएको छ । कैँची र व्लेडलाई आम्दानीको स्रोत बनाएका उदाम कपाल काटेर मनग्य आम्दानी गर्दै आएका छन् ।

स्वदेशमै वा गाउँमै रोजगार छैन् भन्नेलाई सीप सिक्न र खट्न गतिलो उदाहरण बनेका छन् । खलंगाको ठाँटीबजारमा उदाम फेमश हेयर कटिङ्ग सेन्टर खोलेका उनले अहिले मासिक चालिस हजार भन्दा बढी कमाई हुने बताउँछन् । माओवादी जनयूद्धको रापले देश तातिरहेको थियो ।

No description available.

परिवारको आवश्यकता धान्नका लागि २०५६ सालमा उदाम नेपाल प्रहरीमा भर्ना भए । बर्दिया कारागारमा उनले पहिलो जागिर गरे । माओवादी जनयूद्धले ठूलै रुप लिन थाल्यो । त्यसपछि उदामले एक बर्षपछि जागिर छोडे । जागिर छोडेर भारतको रुपैडियामा केही दिन बसे । त्यही उनले घरमा रहेका भाईबहिनीहरुको कपाल काटिदिने भन्दै कैँची र काँईयो किने । त्यहाँ बाट जाजरकोट आएपछि स–साना बच्चाबच्चीहरुको कपाल काटे ।

उनले भने, ‘रुपैडिया बाट जाजरकोट आएपछि पहिले पहिले स–साना भाईबहिनीहरुको कपाल काट्ने काम गरे, विस्तारै हात वस्दै गयो, पछि २०५८ सालमा हेयर कटिङ्ग खोलेर काम गर्न थाले ।’ हेयर कटिङ्ग सँगै उदामले खुद्रा पसलको समेत सञ्चालन गरेका थिए ।

९ बर्षपछि कतार

हेयर कटिङ्ग सेन्टर खोलेको ९ बर्षपछि उदाम वैदेशिक रोजगारमा कतार लागे । २०६७ सालमा घर बनाएको ऋण तिर्न सम्भव नदेखेपछि कतार पुगेका उदामलाई एक बर्षपछि नेपाल फर्कन भने हतार सुरु भयो । उनले भने, ‘यतै कमाई पनि राम्रै थियो, साथीभाईको लहलैहमा लागेर कतार पुगे, त्यहाँ १८ घण्टा काम गर्नुपथ्र्याे कमाई राम्रो नहुने देखेपछि एक बर्षपछि नेपाल फर्किए ।’

आफुलाई अहिले पछुतो लाग्ने समेत उनी बताउँछन् । ‘नेपालमै यति राम्रो कमाई छोडेर विदेश किन गए होला ? केही गर्छु भन्नेका लागि नेपालमा धेरै राम्रो सम्भावना रहेको छ’ उनले भने । नेपाल फर्किएपछि अझै मजवुतीका साथ सैलुग व्यवहारमा लागे । घर बनाएको ऋण तिरेर अहिले आफु सँग करोडौंको सम्पति रहेको उनी बताउँछन् । अहिले दैनिक ४० जना भन्दा बढीको कपाल काट्ने गरेको उदाम बताउँछन् ।

५ सय भन्दा बढी यूवालाई तालिम
उदामले आफुले मात्रै सफलता पाएनन् । हेयर कटिङ्ग सिक्न चाहाने ५ सय भन्दा बढी यूवालाई तालिम दिए । आफुलाई सिकाउने कोही नभएपनि जाजरकोट, रुकुम, सल्यान र दैलेखका अधिकांश यूवालाई आफु जस्तै बनाए । उनीहरुले पनि ठाउँठाउँमा हेयर कटिङ्ग पसल खोलेर मनग्य आम्दानी गर्दै आएका छन् ।

सानो ठूलो पेशा हुदैन्
पेशा व्यवसायमा निरन्तता दिने हो भने सफलता अवश्य पाईन्छ । २१ बर्ष देखि पेशामा सक्रिय उदामलाई सुरुमा सबैले घृणा गथ्र्ये । कपाल काटेर पनि कति पैसा कमाउँछ होला ? भन्दै सबैले हेप्थ्र्ये । तर उनले आफुले गर्ने पेशालाई कहिल्यै सानोठूलो मानेनन् । निरन्तर पेशामा लागिरहे । उनले भने, ‘मैले सुरुमा पेशालाई सानोठूलो मानेको भए अहिले यहाँ सम्म आउने थिईन्, काम गर्नुपर्छ भन्ने कुरामा म जहिले अघि लागे ।’

छोराछोरी पढाउनलाई कुनै समस्या छैन्
कपाल काटेरै छोराछोरी पढाउन अहिले कुनै समस्या नरहेको नेपाली बताउँछन् । अहिले चार जनाको परिवार छ । दुई छोरी सहित बुढाबुढी छन् । उदामले भने, ‘अहिले छोराछोरीलाई स्कुल पढाउन कुनै समस्या छैन्, आफुले पढ्न नपाएपनि छोराछोरीलाई भने उच्च शिक्षा दिने योजना छ ।’ कपाल काटेरै करोडौंको सम्पति कमाई भएको बताउँछन् ।

महिनामा ४० हजार भन्दा बढी कमाई
हेयर कटिङ्ग बाट उदामले महिना ४० हजार भन्दा बढी कमाई गर्ने गरेका छन् । विहान ६ बजे देखि राती ८ बजेसम्म पसलमा बसेर महिनामा ४० हजार भन्दा बढी कमाई हुने गरेको बताउँछन् ।

उनले भने, ‘हामी सँग कुनै कमाईको हिसाव हुदैन्, पैसा आउँछ खर्च भईहाल्छ अर्काे पेशा जस्तो महिना पछि आउने भए एकमुष्ट देखिन्थ्यो, यसमा नियमित आउँछ खर्च भईहाल्छ ।’ कमाई राम्रै हुन्छ । आफुलाई यही पेशामा सन्तुष्टि पुगेको समेत उदामले बताए ।

देशमै रोजगारी छैन् भन्दै विदेशीने यूवाहरुले वेलैमा स्वदेशमै स्वरोजगार बनेर उदाम जस्तै मनग्य आम्दानी गर्ने कहिले ?

(उदाम नेपाली सँग गरिएकोको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया