शिवालय गाउँपालिकामा कार्यरत करार कर्मचारीले गरे तालाबन्दी


शिवालय । जिल्लाको शिवालय गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले गाउँपालिकाको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको बताउँदै उनीहरुले तालाबन्दी गरेका हुन् ।

तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ । करारमा भर्ना गरिएका कर्मचारीलाई तत्काल नियुक्ति दिनुपर्ने र करार सम्झौताले निरन्तरता पाउनुपर्ने उनीहरुको माग छ । करार कर्मचारीको म्याद थप नगर्दासम्म गाउँपालिकाको कार्यालयमा लगाएको ताला नखोलिने कर्मचारीले बताएका छन् ।

बिहानैदेखि करार कर्मचारी र स्थिानीयहरुले गाउँपालिकाको कार्यालयमा धर्ना र सडक जाम गरेर गाडी आवतजावतमा रोक लगाएका छन् । गाउँपालिकाको असार २८ गतेको गाउँ सभा वैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया