जुनीचाँदेमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु, ५ जनाको अवस्था गम्भीर


जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

सुर्खेत बाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको  कर्णाली प्रदेश ०२००१च ०३४१ नम्वरकाे  वाेलेरो जीप वडा नं ५ को गर्खाकोट ( वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीपमा सवार जम्मा ११ जना रहेका थिए । घाईतेहरुको अवस्था गम्भीर रहेको हेलिकप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएको समेत प्रवक्ता नेपालीले हाम्रो पहुँच डटकमलाई बताए ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाईसकिएको र आधा घण्टापछि हेलिकप्टर समेत घटनास्थलमा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया