जातीय छुवाछत तथा बालमैत्री स्थानीय शासन सम्बन्धी जनचेतनामूलक सडक नाटक शुरु

No description available.
प्रेम विश्वकर्मा
जाजरकोट । भेरी नगरपालिकामा जातीय छुवाछत तथा बालमैत्री स्थानीय शासन सम्बन्धी जनचेतनामूलक सडक नाटक सुरु भएको छ । भेरी नगरपालिकाले पाँच वर्ष अगाडि यस नगरपालिकालाई जातीय छुवाछुत तथा भेदभाव मुक्त र बालमैत्री नगर घोषणा गर्ने अभियान अघि सारेको थियो । सुरुवाति चरणमा यस अभियानलाई सफल पार्न केही कार्यक्रम गरेतापनि विश्व माहामारीका रुपमा फैलिएको कारोनाका कारण ठप्प अवस्थामा थियो ।

 

अहिले सहज वातावरण भएपछि नगरपालिकाले यस अभियानलाई फेरी निरन्तरता दिन थालेको हो । यस अभियानलाई सफल पार्न जिल्ला प्रहरी कार्यालय जाजरकोटले पनि नगरपालिका सँग सहकार्य गरेर पालिकाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

यस्तै यसै नगरपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त र बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तर्गत पालिकाका १३ वडाका विभिन्न ठाउँमा जनचेतनामूलक सडक नाटकलाई पनि आजदेखि निरन्तरता दिइने छ । उक्त सडक नाटक कार्यक्रम नगरपालिकाको आर्र्थिक सहयोगमा बहुप्रतिभा तथा कला संरक्षण मञ्च जाजरकोटले सञ्चालन गरेको छ ।

बिहिबार भेरी नगरपालिका १ रिम्नामा सडक जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको बहु प्रतिभा तथा कला संरक्षण मञ्च जाजरकोटका अध्यक्ष राम ब.शाहीले जानकारी दिनुभएको छ ।

No description available.

उक्त नाटकमा जम्मा ५ वटा अंश रहेको र नाटकको पहिलो अंशमा बालमैत्री स्थानिय शासनको बारेमा देखाउन खोजिएको शाहीले बताउनु भएको छ । त्यस्तै नाटकको दोस्रो देखि पाँचौ भागमा भने जातिय छुवाछुत तथा भेदभावको विषयलाई देखाउन खोजिएको उहाँको भनाई छ । उक्त सडक नाटक शुक्रबार जिल्ला सदरमुकाम स्थित थाप्लेमा देखाइने छ ।

No description available.

तपाईको प्रतिक्रिया