जर्वजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

May be an image of 3 people, people standing and outdoors
जाजरकोट । जर्वजस्ती करणी मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भेरी नगरपालिका ०१ रिम्ना बस्ने ४८ बर्षिय खिमबहादुर रानाले परिवर्तित नामथर, वतन ६३ बर्दिया १ लाई जर्वजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रिम्ना बाट खटिई गएको प्रहरी टोलीले रानालाइए आफ्नै घर नजिकै बाट भागिरहेको अवस्थामा फेला पारी जिल्ला अदालत जाजरकोटमा करणी सम्बन्धी कसुर ७ ( सात) दिनको लागि म्याद थप भई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया