जीवनको गोरेटोमा २५ औं बर्ष !


समय कति वलवान र गतिशील छ । न रोकेर रोकिने न छेकेर छेकिने । दुनियाँ पनि कति व्यस्त छ । सबै व्यक्तिहरु समयमै आफनो काम सक्न भागदौड गरी रहन्छन् । कसैलाई फर्केर हेर्ने फुसर्द सम्म छैन यहाँ । प्रतिक्षा र जीवन विछोड अनि मिलन सायद यी शब्दहरु बेग्लै अर्थ लाग्ने भएपनि आपसमा परिपुरक रहेछन् । विगत एउटा दपर्ण रहेछ जसलाई फुर्सदमा प्रस्ट सँग नियाल्न सकिदो रहेछ ।

मेरो सामु पनि विगतका पानाहरु पल्टिरहे एकपछि अर्काे गर्दै स्मृति बनेर आए । एक कक्षा देखि दश कक्षा सम्म घर नजिकै रहेको दीपेन्द्र माद्यामिक विद्यालय सक्लामा अध्ययन गरे । २०६८ सालमा एस.एल.सी पास गरेपछि उच्च शिक्षाको लागि सानो उमेरमै पढाईको सिलसिलामा जाजरकोट सदरमुकाम खलंगा जानु पर्ने भो । गाउँमा हुर्केको समान्य परिवार मानिसलाई त्यहाँ पढ्न पनि गाह्रो हुदो रहेछ । सदरमुकामका रैथाने ठान्ने साथिहरुले गाउँ बाट गएका साथीहरुलाई अपहेलित व्यवहार देखाउने प्रवृति विरुद्ध लड्दै दुई बर्षको मेहनतपछि परिक्षा पनि सफलता पुर्वक सकियो । स्तरीय र स्वाभिमान जीवन जीउन भविष्य बनाउने र राम्रो जागिर गरेर आमाबाबालाई खुशी बनाउने लक्ष्य थियो तर सदरमुकामका रैथानेहरुले देखाएको त्यो प्रवृतिको वकालत गर्नका निम्ती राजनीतिक संगठनमा जोडिनुपर्ने भयो ।

हुन त म माओवादी आन्दोलनको आँधीभेरीको वीचमा जन्मेको पात्र भएर होला मैले कुनै पार्टी विषयमा बुझ्न पाईन् । बुझे त केबल माओवादी बिषयमा मात्रा सानो उमेरमा बुवा भुमीगत हुनुभयो । घरमा उत्पादन गरेका अन्न सबै एक दुई महिना मै सकिन्थ्यो । नेता कार्यकर्तालाई खुवाउनका निम्ति आमा गाउँमै लेवी उठाएर घरमा ल्याएर सहयोग गर्नुहुन्थ्यो । सानो उमेरमा माओवादीले नै पकाएको खान्र्थाै । मलाई याद छ उमेरमा आमा बुवाले दिनुपर्ने माया ममता माओवादीका कार्यकर्ताहरुले दिनुहुन्थ्यो ।

खेलाउनु हुन्थ्यो । माओवादी भित्रका केही साथिहरु जनयुद्धलाई भजाएर स्वामित्व लगिरहेका छन् । हाम्रो परिवारको रगत त बगेन् पसिना भने धेरै बगेको छ । मलाई अहिले नि ताजै छ । दिमागमा ती मलाई लडिबढी खेलाउने दाइ दिदी हरु कता हुनुहुन्छ होला ? के गर्दै हुनुहुन्छ होला ? कहिले भेट होलाकी न होला ? कतै मृत्युवरण गरिसक्नु भयो कि ?यस्तै कुरा खेल्छन् मेरो मनमा जीबनको लामो माया स्नेह दुःख अभाब भोगेरै होला २०६६ सालमा नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)को दीपेन्द्र मा.विको ईकाई कमिटी अध्यक्ष भएको थिए ।

मलाई कमिटीमा आवद्ध गराउने आदरणीय दाई जलन सिंहले त्यति बेला भन्नू भएको थियो । राजनीतिक जीवन प्रजाको अन्तरक्रियाको मुख्य उपकरण विद्यार्थी र कार्यकारी शक्ति हो । सदरमुकाम खलंगा पढ्न गएपछि २०६९ सालमा अखिल (क्रान्तिकारी ) जिल्ला कमिटी सदस्य भए । त्यसपछि निरन्तर राजनीतिका यात्रामा छु । अखिल (क्रान्तिकारी )हाल कर्णाली प्रदेश कमिटी सदस्य छु ।

आज मैंले २५ औं बसन्त पार गरेर २६ बर्षमा प्रवेश गर्दा हिजो गरेका बाचा हरु पूरा भए त ? आज मेरो मनमा यहि कुरा खेलिरहेको छ । मान्छेलाई बाचाले मात्र पुग्दो रहेनछ । आफुलाई पूर्णत बदल्नु पर्दोरहेछ । बदल्नुको मतलब यो हो कि ? हिजो म जुन निकृष्ठ जिन्दगी बाँचेको थिए । त्यस बाट आजको दिन देखि एकस्तर माथि उठ्छु । अनि जीवन उपायोगि गुणहरुको विकास गर्दै जान्छु । बदलिनको लागि बल चाहिन्छ त्यो हो मनको बल, आत्मा सुझाब्, आफ्नो मनले मनलाई भन्दै जानुपर्छ । आत्मा सुझाब दिदै जानु पर्छ कि ? म जे पनि गर्न सक्छु ।

अनि आफुलाई राम्रो चिज सँग तुलना गर्नु, उच्च स्तरको मान्छेहरु सँग संगत गर्नु भनेको आफु लाई बदल्ने पहिलो बाटो हो । भन्नू हुन्थ्यो बुवा त्यसैले आगामी दिनमा हजुरले भनेको कुरा भुल्ने छैन् । विगत हेरेर बाँच्ने छैन् । विगत सम्झनु भनेको आफुलाई अन्धकार मा धकेल्नु रहेछ । तर म विगतको भ्रममा बाँच्न चाहान्न हिजो यात्रा जे थियो आजको यात्रा पनि त्यही हो भोलिको यात्रा यसरी नै अगाडि बढ्ने छ ।

वुवा आमाको कर्तव्य निष्ठ छोरा । मलाई यो धर्तिमा पाईला टेकाउने वुवा आमाप्रति कोटि कोटि प्रणाम उच्च सम्मानका साथै सम्झना पनि मेरो आमाबुवाको आँखा खुशीका आँसुले भरिएको जेष्ठ २३ गते म जन्मिए । आफुले नखाएर मलाई खुवाउने आमा । आफुले नलगाएर मलाई कपडा लगाई दिने मेरो बुवा । अनि हरेक क्षणमा म मुस्कुराएको देख्न चाहाने मेरो परिवार । आमा ‘! बुवा‘ ! र मेरो दाइ ! म बाल्यकाल हुदैँ जवान हुदाँ समेत हजुरहरुलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन् र भेटु पनि कसरी ! म सम्झन्छु ।

आमा, हजुर धर्ती हो, मलाई मायाको कहिल्यै कमी हुन दिनुभएन् । बुवा, हजुर आकाश हो, मलाई हरेक कुराको कमी हुन दिनु भएन् । हजुरहरुले भन्नु हन्थ्यो नी ः ‘राम्रो बनेस्, ज्ञानी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्, झगडा नगरेस्, आफु भन्दा अगाडीको मान्छेले भनेको सबै कुरा मानेस्, आमाबुवाको र परिवारको ईज्जतको ख्याल गरेस् ।’ म अहिले पनि हजुरहरुले सिकाएको बाटोमा छु । त्यो बाटो भुल्ने छैन् ।

बुवाआमा मलाई जीवनमा हरपल साथ दिने मेरो जीवन सङ्गीनी तिमीलाई नि न्यानो माया छ । समाजसेवामा समर्पित गर्ने अठोट गर्दै मलाई जन्मदिनको अबसरमा प्रत्यक्ष, सामाजिक संजाल एवं टेलिफोन मार्फत शुभकामना व्यक्त गर्ने आदरणीय ब्यक्ति देखि प्रियजन सम्म सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सधैं यहाँहरुको साथमा रहने कुरा अवगत गराउन चाहान्छु ।
धन्यवाद

लेखक शर्मा बारेकोट गाउँपालिका ९ सक्लाका स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया