
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका गोरख थापा निर्वाचित भएका छन् । ४९२ मत ल्याएर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका भक्तबहादुर बस्नेतले ३८१ मत ल्याएर पराजित भएका छन् ।
यस्तै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्रबहादुर शाहको अग्रता कायमै छ । उनले २३३२ मत ल्याएर अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका वीरबहादुर गिरीले पछ्याईरहेका छन् ।
गिरीका १७७० मत रहेको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर गिरीले १७५८ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उपाध्यक्ष गीता सिंहले १९४१ मत प्राप्त गरेकी छन् ।
















































। २ जेष्ठ २०७९, सोमबार