वडा अध्यक्षका दुई उम्मेदवारको बराबर मत, गोलाप्रथा गर्न मानेनन्


सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए ।

‘उहाँहरुले आधा–आधा कार्यकाल गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानुनमा छैन,’ उनले भने, ‘उहाँहरुले आफै आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं ।’

तपाईको प्रतिक्रिया