सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेकाे गाडीमा करेन्ट लागेर २ जनाकाे मृत्यु


सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेकाे गाडीमा करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ भने १० जना बढी घाइते भएका छन् ।

जिल्लाकाे कुमाख गाउँपालिकामा कांग्रेस र एमालेकाे गठबन्धनले जितेकाे उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेकाे हाे । गाडीकाे छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुलीकाे तारबाट करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ ।

घटनाबारे विस्तृत विवरण आएकाे छैन् । रागेचाैर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतकाे तारले छुँदा घटना भएकाे हाे। घाइतेहरुलाइ रुकुम चाैरजहारी अस्पताल लगिएकाे छ । मृतककाे पहिचार खुलेकाे छैन् ।

तपाईको प्रतिक्रिया