निर्वाचन विशेष: पाँच स्थानीय तहमा पुरानै उम्मेदवार

जाजरकोट । जाजरकोटका सात पालिका मध्ये पाँच पालिकाका अध्यक्षहरु पुनः अध्यक्षका उम्मेदवार भएका छन् । केहीले सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवार बन्ने मौका पाएका हुन् । बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्य पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् । आचार्य माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा पुनः उम्मेदवार बन्नु भएको हो भने शाह नेपाली काँग्रेस बाट गाउँपालिका उम्मेदवार बनेका हुन् ।

सत्ता गठबन्धनको पुरै साथ र सर्पाेटमा उनीहरु उम्मेदवार बनेका हुन् । उनीहरु दुवै यूवाहरु हुुन् । यस्तै कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेत पनि पुनः अध्यक्षका उम्मेदवार बनेका बनेका छन् । पाँच बर्षिय कार्यकाललाई सफलता पूर्वक सम्पन्न गरेका बस्नेत जनप्रिय नेता मानिन्छन् ।

भेरी नगरपालिका प्रमुखमा चन्द्रप्रकाश घर्ती पुनः नगरप्रमुखको उम्मेदवार बनेका छन् । नेकपा एमालेको तर्फबाट घर्ती नगर प्रमुखको उम्मेदवार बनेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित गीता कुमारी सिंहले यसपटक पनि बारेकोट गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी छन् । त्यस्तै छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले पुनः नगर प्रमुखको उम्मेदवारी दर्ता गरेका छन् ।

सतारुढ दलको तर्फबाट नेपाली काँग्रेसका रतनबहादुर खड्काले छेडागाड नगर प्रमुखको उम्मेदवारी दर्ता गराएका छन् । उनी पनि २०७४ सालको स्थानीय तहको चुनावमा पराजित भएका थिए । यस्तै सोही नगरपालिकामा नेकपा माओवादी केन्द्र बाट अघिल्लो चुनावमा मेयर पराजित चन्द्रबहादुर थापाले उप मेयरमा उम्मेदावारी दर्ता गराएका छन् । यस्तै छेडागाड नगरपालिका ९ को वडाध्यक्षमा पुनः गोपालबहादुर नेपालीले उम्मेदवारी दर्ता गरेका छन् । उनले नेकपा एमाले बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

तपाईको प्रतिक्रिया