कुशेमा एमालेको चुनावी घोषणा पत्रः घरघरमा विजुली, एक घर एक रोजगारी ( घोषण पत्र सहित)

मालुमेलमा कर्णालीकै ठूलो रंगशाला, शिक्षामा बहु प्राविधिक शिक्षालय स्थापना गर्ने


जाजरकोट । नेकपा (एमाले) कुशे गाउँपालिकाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले बाट कुशे गाउँपालिका अध्यक्षमा प्रेमप्रसाद घर्ती र उपाध्यक्षमा टिका वली ( विसी) चुनावी मैदानमा छन् ।

कुशे गाउँपालिकामा नेकपा एमालेको सरकार बनेपछि समृद्ध कुशे निर्माणका लागि गरिएको प्रतिवद्धता सहितको घोषणा पत्र सार्वजनिक गरेको हो ।

कुशे गाउँपालिकामा देखिएका तमाम समस्यालाई समाधान गर्नका लागि ५ बर्षे गुरु योजना निर्माण गरेर गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, स्वच्छ पिउने खानी,सुरक्षित बस्ती, अर्गानिक उत्पादन, बालमैत्री शासन, सामाजिक सुरक्षालाई अझ मजवुत, एक घर एक रोजगारी सिर्जना गरिने, बहुमुल्य खनिज पदार्थ एवं जडिवुटीको उत्खनन् तथा प्रशोधन, पर्यटनको विकास गर्ने, यूवा तथा खेलकुदलाई प्राथमिकता दिई बाह्य प्रतिस्पर्धी बनाउने, पालिकाको आन्तरिक श्रोतको व्यवस्थापन गरी सन्मुन्नत कुशे गाउँपालिका बनाउने प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यहाँ क्लिक गर्नुहोस् पुरै प्रतिवद्धता पत्र हेर्न :

घाेषाण पत्र

तपाईको प्रतिक्रिया