कराँते वेल्ट ग्रेडिङ्ग, दीक्षान्त समारोह तथा सामग्री हस्तान्तरण कार्यक्रम

No description available.
जाजरकोट । जिल्लामा संचालित गोजुरियो कराँतेको खेलाडीहरुको वेल्ड ग्रेडिङ्ग तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । सहिद विदुर स्मृति डोजोको आयोजनामा वेल्ट ग्रेडिङ्ग तथा दीक्षान्त कार्यक्रम बुधबार खलंगाको थाप्लेमा सम्पन्न भएको हो । सहिद विदुर स्मृति डोजोमा खेल्दै आएका करिब १७ जना खेलाडीहरुको बेल्ट ग्रेडिङ गरिएको थियो । जसमध्ये ४ जनालाई ग्रीन बेल्ट, ८ जनालाई ओरेन्ज र ५ जनालाई एलो बेल्ट प्रदान गरिएको थियो ।

नेपाल गोजुरियो कराँतेका वरिस्ठ प्रशिक्षक वीरेन्द्र बिक लगायतको टीमले खेलाडीहरुलाई प्रशिक्षण दिए सँगै बेल्ट ग्रेडिङ गराएका थिए । यसैगरी उक्त कार्यक्रममा नेपाल गोजुरियो कराँते दो संघका केन्द्रीय अध्यक्ष  तथा भेरी नगरपालिकाका निवर्तमान  नगर प्रमुख सि पि घर्तिले जिल्लामा खेलको विकासलाई मध्यनजर गर्दै खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।

No description available.

जिल्लाको खेलकुद क्षेत्रको विकासमा आफुले भरपुर सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे । उक्त कार्यक्रममा नेपाल गोजुरियो कराँतेका बरिस्ठ प्रशिक्षक हरिशचन्द्र राना, होमबहादुर परियार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेल खेल्नु भएका खेलाडी तथा प्रशिक्षक निशाना मगर र एमेसन चौधरी, खेलाडीका अभिभावक,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नर बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।  नेपाल गोजुरियो करांतेका केन्द्रीय  प्रमुख प्रशिक्षक बि.आर मित्रले नेतृत्व गरिरहेका छन् । यस सहिद बिदुर स्मृति डोजोमा भेरी नगरपालिका १ का प्रेम विश्वकर्माले प्रशिक्षण दिईरहेका छन् ।

तपाईको प्रतिक्रिया