दुई बालबालिकाको उद्धार

No description available.
जाजरकोट । भेरी नगरपालिका ३ मा रहेको बालबालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ । भेरी नगरपालिका १ रावतगाउँका ५ बर्षीय सन्तोष बि क र नलगाड नगरपालिका घरभइ भेरी नगरपालिका ३ मा बस्दै आएकी वर्ष १० की इश्वरी बिकलाई उद्धार गरीएको बालबालिका उद्धार केन्द्रका अध्यक्ष लालबहादुर नेपाली जानकारी दिए ।

उद्धार बालक सन्तोष बिकको आमा सुस्त मनस्थिति बिरामीका कारण सुर्खेत मानब आश्रममा रहेको र बुवा कमाईको शिलसिलामा भारत भएको तर सम्र्पकमा नभएको कारण बालकलाई पढाई त परको कुरा गास बासको समेत जोहो नहुदाँ धेरै पटक उद्धारको पहल गर्दा यो पटक उद्धार गर्न सफल भएको समाजसेवी तथा पत्रकार पे्रम बहादुर विश्वकर्माले बताए । यस्तै, उद्धार बालिका इश्वरी वि.क की आमाको मृत्यु भैसकेको र बुवा पनि कमाउन नसक्ने हुदाँ पढाई विचैममा छोड्नु पर्ने बाध्यताका कारण उद्धार गरीएको छ ।

कोही पनि अनाथ, बालबालिका शिक्षाबाट बन्चित नहुन भन्ने लक्ष्यले खोलिएको बालबालिका उद्धार केन्द्रमा अहिले वाआमा गुमाएका अनाथ बालबालिका अथवा असक्त वाआमा भएका न्युन परिवारका १८ जना बालबालिका रहेका छन् । यी बालबालिकाले कक्षा १२ सम्मको माद्यामिक शिक्षा पाउने छन् ।

सबैको साथ सहयोग पाए प्रदेश स्तरीय बाल केन्द्र बनाउने लक्ष्य रहेको संथापक अध्यक्ष नेपालीको भनाई रहेकोे छ । अहिले सम्म आप्नै खर्चमा चलेको बालकेन्द्र अहिले अलि बालबालिका ठुला हुदै गएको र संख्या पनि बढ्दै गर्नदा खर्च पनि बड्ने हुदा स्थानिय सरकारबाट सहयोगको अपेक्षा रहेको नेपालीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया