एमालेले दिएको दावी विरोध निर्वाचन कार्यालयद्वारा खारेज, उम्मेदवार बन्न पाउने

जाजरकोट । नेकपा एमाले भेरी नगर कमिटीले निर्वाचन कार्यालयमा हालेको दावी विरोध खारेज भएको छ ।

सत्तागठबन्धन भेरी नगरपालिका नगरप्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी नेता कमान खड्का ठेक्कापट्टामा संलग्न रहेको भनी दिएको दावी विरोध १४ गते आज निर्वाचन कार्यालयले खारेज गरिदिएको हो ।

अहिले फर्म कमान खड्काको नाममा नरहेको र एमालेले आरोप लगाएको सन्तोष कन्स्ट्रक्सन प्रेम खड्काको नाममा रहेकोले उम्मेदवार यथावत रहने भन्दै दावी विरोध निर्वाचन कार्यालयले खारेज गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत शुसील आचार्यले जानकारी दिए ।

विभिन्न ठेक्कापट्टामा संग्लन रही अलपत्र पारेको भन्दै नेकपा एमालेले उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी पेश गरेको थियो ।

तपाईको प्रतिक्रिया