छेडागाडमा हावाहुरीले उडायो घरको छाना

छेडागाड । जाजरकोटको छेडागाड–१ मा हावाहुरीबाट घरको छाना उडाएको छ । मंगलबार साँझ साढे ५ बजे आएको हावाहुरीले करिब १५ वटा घर तथा घुम्टी पसलहरूको छाना उडाएको हो ।

स्थानीय नारायण प्रसाद आचार्यका अनुसार छेडागाड नगरपालिका–१ को खार बजारमा आएको हावाका कारण १५ वटा घर तथा घुम्टी पसलहरुको छाना उडाएको जानकारी दिए ।

उनका अनुसार हावाहुरी करिब १५ मिनेट जति लागेको थियो । छेडागाड–१ को खार बजारमा रहेका रहेका घरहरुमा जस्ता पाताले छानो छाएको थिए । हावाले छाना उडाए पनि मानवीय क्षती भने कुनै नभएको आचार्यले बताए ।

तपाईको प्रतिक्रिया