नयाँ बर्षको अवसरमा छेडागाडमा वृहत साहित्य उत्सव हुने

No description available.

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा नयाँ बर्षको अवसर पारी वृहत साहित्य उत्सव हुने भएको छ । जाजरकोटी साहित्यिक आवाजको आयोजनामा छेडागाड नगरपालिकाको केन्द्र मनघाटमा आगामी वैशाख १ गते वृहत साहित्य उत्सव हुने जाजरकोटी साहित्यिक आवाजका अध्यक्ष भावुक रिदम वावुले जानकारी दिए ।

उनका अनुसार ‘जाजरकोट साहित्य उत्सव’ ः– २०७९ राखिएको छ । “साहित्यको संरक्षण र सम्वद्र्धन हाम्रो अभियान, जोगाऔं, बचाऔं, बनाऔं, हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ साहित्य उत्सव हुन लागेको अध्यक्ष रिदम बावुले बताए ।

No description available.

साहित्य उत्सवमा गजल महफिल समेत राखिएको छ । क्षितिज समर्पण जाजरकोट, कृष्ण विरही अछाम, हरिश जोशी बझाङ्ग, दीर्घराज प्रीयसी कैलाली महफिलमा गजल वाचन गर्नेछन् ।

सहजीकरण नेपालका चर्चित गजलकार वावु त्रिपाठीले गर्नेछन् । साहित्य उत्सवमा मुक्तक मुसायरामा चन्दा चाँदनी कालिकोट, मनोज दाहाल ‘मनु’ ले मुक्तक बाचन गर्नेछन् । सहजीकरण गजलकार बावु त्रिपाठीले गर्नेछन् ।

कार्यक्रममा केही साहित्यिक श्रष्ठाहरुलाई सम्मान गरिनेछ । गजलकार÷कवि बाबू त्रीपाठी (काठमाडौँ), गजलकार विपिन सलामी (डोटी), कवि÷ गजलकार धिरेन अनुपम (सुर्खेत), कवि साहित्यकार पूर्ण समीर महातारा (जाजरकोट), कवि साहित्यकार ः– ज्ञानेन्द्र बहादुर सिंह (जाजरकोट), कवि साहित्यकार बिशाल चन्द जाजरकोटी (जाजरकोट) लाई सम्मान गरिने अध्यक्ष रिदम बावुले जानकारी दिए ।

No description available.

यस्तै, कार्यक्रममा छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंग विवश आर.सीद्धारा लिखित ‘विवश जिन्दगी’ मुक्तक संग्रहको विमोचन गरिनेछ ।

No description available.

साहित्य उत्सवमा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट,अछाम, लगायतका अधिकांश अन्य विभिन्न जिल्लाहरुबाट राष्ट्रिय स्तरका गजलकारहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतारालाई राखिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया