रविन्द्र शाह पत्रकारिता पुरुस्कार पत्रकार पन्तलाई

May be an image of 6 people, people sitting and people standing
जाजरकोट । नेपाल प्रेस यूनियन जाजरकोटले स्थापना गरेको स्व रविन्द्र शाह पत्रकारिता पुरुस्कार पत्रकार बद्री पन्तलाई प्रदान गरिएको छ ।

शाहको पाँचो स्मृतिको अवसरमा स्व. रविन्द्र शाह पत्रकारीता पुरुस्कार पन्तलाई प्रदान गरिएको हो । स्व. शाह पाँचतारा यूवा संरक्षक मञ्चका अध्यक्ष र नेपाल प्रेस यूनियनका नेता समेत थिए ।

२०७३ साल चैत्र १५ गतेका दिन शाहको हत्या भएको थियो । पुरुस्कृत पन्त रेडियो नेपाल, सगरमाथा टेलिभिजन लगायतका सञ्चारमाध्यममा आधा दशक देखि कार्यरत छन् । उक्त पुरुस्कार १५ हजार राशीको रहेको छ ।

तपाईको प्रतिक्रिया