
खलंगा । जिल्लाको बारेकोट गाउँपालिमा लोक दोहोरी प्रतियोगिता हुने भएको छ । एस.एम.एस. कम्प्युटर ईन्स्टिच्युट बारेकोटका प्रोपाईटर सुरेन्द्र पुन तथा मनिषा राना(पुन) र बरिष्ठ सदस्य खमप्रसाद सिंहको प्रायोजनमा संञ्चालन हुने उक्त कार्यक्रमको आयोजना बारेकोट साहित्य कला केन्द्रले गरेको हो ।
बारेकोट गाउँपालिका भित्रका सम्पुर्ण आधारभुत विद्यालयमा अध्यनरत छात्र÷छात्राहरुका लागि यहि चैत २० श्री सीता माद्यामिक विद्यालय बारेकोट ६ कार्कीज्यूूलामा सञ्चाल गरिएको बारेकोट साहित्य कला केन्द्रका संस्थापक कालीप्रसाद थापाले बताए । उनले भने ‘विद्यार्थीको क्षमता बृद्धि र लोक सांस्कृतिको संरक्षण गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

















































। १५ चैत्र २०७८, मंगलवार