गायक दीपक काल्पनिकको ‘हाम्रो जाजरकोट’ गीत सार्वजनिक ( अडियो सहित)


जाजरकोट । लोक तथा दोहोरी गायक दीपक काल्पनिकको ‘हाम्रो जाजरकोट’ गीतको अडियो सार्वजनिक भएको छ । मंगलबार हिमालय पत्र मिडिया प्रा.लि बाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा दीपक काल्पनिक र करिष्मा विसीको समधुर आवाज सुन्न सकिन्छ ।

उक्त गीतको लय सुखदेव अधिकारीले गरेका छन् भने शब्द दीपक काल्पनिक आफैले कोरेका छन् । जाजरकोट जिल्ला माओवादी केन्द्रको किल्ला भएको र आगामी स्थानीय तहको निर्वाचनमा माओवादीलाई भोट हाल्न गीतमा आग्रह गरिएको छ ।

लोकदोहरी मात्र नभई देउडा, आधुनिक गीत तथा अन्य ठाडी भाकामा आवाज दिन सक्ने दीपक यूवा पुस्ताका लोकप्रिय कलाकारका रुपमा परिचित छन् । गायक दीपकले हाम्रो पहुँच डटकम सँग कुराकानी गर्दै भने, ‘माओवादी केन्द्र जाजरकोटको चुनावी गीत हो, यसपटकको चुनावमा माओवादी केन्द्रलाई भोट हाल्न सबै जनता सँग आग्रह गरिएको छ ।’

गीतमा बारेकोटकी कृष्णा शाही, कुशेका कैलाश प्रसाद शर्मा, दीपेन्द्र शर्मा, तेजविकाश रोकाय, महेश्वर जैसीले गीतमा सहयोग गरेका छन् ।

अडियो सुन्नुहोस् ।

तपाईको प्रतिक्रिया