राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु


जाजरकोट । जिल्लाको भेरी नगरपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय राष्टपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता शुरु भएको छ ।

रिम्ना स्थित त्रिवेणी माद्यामिक विद्यालयको प्रांगनमा सुरु भएको हो । कार्यक्रममा विभिन्न खेलहरु भलिवल, दौड, टेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लम्जम्म लगाईतका खेलहरु हुने जनाईएको छ । खेलको उद्धघाटन गर्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले आर्थिक विकास,सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्धारा विश्व विजेता नेपाल बन्नुपर्ने बताए ।

उनले भने, खेलकुदको क्षेत्रबाट विकास सम्भव देखिदैं गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र हातेमालो गर्दै एकजुट हुन अव ढिला नगरी खेलकुद बाटै जाजरकोटलाई चिनाउने इच्छाका साथ मैंले खेलकुदलाई छुट्याएको बजेट ( रकम) अन्य ठाउँमा हैन खेलकुदमै प्रयोग गरिनेछ ।

नगरपालिका भित्रका १० वटा विद्यालयहरु बाट विद्यालयको ब्यानर, नेपालको झण्डा, खेलाडी पोशाक सहित सम्पूर्ण विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । शास्त्रले होइन्, देशले खेदकुदका माद्यमद्धारा विश्वको विजेता बन्नसक्ने मेयर घर्तीले बताए ।

तपाईको प्रतिक्रिया