एमाले जाजरकोटका वरिष्ठ नेताले गरे पार्टी छोड्ने निर्णय

May be an image of one or more people, people standing and mountain
जाजरकोट । नेकपा एमाले जाजरकोटका वरिष्ठ नेता नवराज सिंहले पार्टी छोड्ने निर्णय गरेको बताएका छन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै नेता सिंहले भने, ‘एमाले सँग मेरो एजेण्डा मिलेन त्यसैले पार्टी छोड्ने निर्णय गरेको हुँ ।’

उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, “अव सकिन्न जस्तो छ सगै बसेर काम गर्न” अव केही समयपछि नयाँ यात्राको समेत थालनी गर्ने सिंहले बताए । पछिल्लो समय नेकपा एमाले भित्रको बलियो नेताको रुपमा उनलाई चिनिन्छ ।

सिंहको एमाले भित्रको राजनीतिक यात्रा
२०४७ सालमा रग्दा गाउँ पार्टी सक्रिय दलको सचिवमा सिंह भएका थिए । २०४८ सालमा ईलाका नं. ५ इलाका पार्टी सक्रिय दलको सचिव, २०४९ सालमा जिल्ला संगठन कमिटीको सदस्य,२०५१ सालमा जिल्ला संगठन कमिटीको उप– सचिव,२०५३ जेठ १० प्रथम जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य, २०५४ साल माघमा जिल्ला कमिटीको उप–महासचिवमा निर्वाचित, २०५६ माघ १६ गते जिल्ला संगठन कमिटीको सचिव पदमा निर्वाचित, २०६६ मंसिर १६देखि १८ गते चौथो जिल्ला अधिवेशन बाट सचिव पदमा निर्वाचित, अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष, निर्वाचन क्षेत्र नं १ को सचिव, पार्टी स्कुल विभाग र अन्य विभागको जिम्मेवारी सम्हालेका थिए ।

आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा जिल्ला बाट प्रतिनिधित्व गरेको, २०५५ सालको स्थानीय निर्वाचनमा इलाका नं ५ बाट जि.वि.स सदस्य निर्वाचित अहिले सिंह नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । २०७७ साल माघमा भुमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष समेत बनिसेका उनी यूवा पिढीहरुको आशा र भरोसाका केन्द्रविन्दु समेत हुन् ।

राजनीतिमा मात्र नभई अन्य क्षेत्रमा समेत सिंहको लोकप्रियता धेरै छ । सुर्यकिरण यूवा केन्द्र संस्थाको सभापति, लेकवेशी सहकारी र भगवती सहकारीको संस्थापक अध्यक्ष, भेरीगंगा यातायात व्यवसायी संघको अध्यक्ष बनिसकेका छन् । पत्रकारीता मार्फत समाज रुपान्तर गर्न सकिन्छ भन्ने संकल्प बोकी उनी सुर्याेदय मासिक पत्रिकाको प्रधान सम्पादक पनि बनिसकेका छन् ।

तपाईको प्रतिक्रिया