मा बि कोटखोला मालारानी को तटबन्ध निर्माण सुरु

No description available.

हुम बहादुर कार्की
सुर्खेत । सुर्खेत गुर्भाकोट नगरपालिका २ स्थित जनज्ञान भन्डार माद्यामिक विद्यालय कोटखोलाको तटबन्ध निर्माण कार्य शुरु भएको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश शिक्षा निर्देशनालय को आर्थिक सहयोगमा र मा बि कोटखोलाको समन्वयमा तटबन्ध निर्माण कार्य गरिएको हो ।

तटबन्ध निर्माण का लागि आ.ब. २०७८÷७९ को बिपत जोखिम ब्यबस्थापन परियोजना मार्फत ४० लाख रकम बिनियोजित भई जाली सहितको तटबन्ध गरी फिल्ड चउर फराकिलो गर्दै दक्षिण तर्फको बस्ती जोगाउने उद्देश्यले कार्य शुरु भएको विव्यसका अध्यक्ष प्रकाश डिसीले बताए ।

बिगत १४ बर्ष देखि तटबन्ध सुरु गरि सम्पन्न भएको काम बि.स. २०७८ असार १२ गतेको अविरल वर्षा का कारण भत्किएको थियो । सोही दिन २० मिटर उचाई र ३० मिटर लम्बाइ जाली बिच भाग बाट भत्किदा बिधालयलाई ठूलो नोक्सान हुन पुगेको अध्यक्ष डिसीको भनाई छ ।

उक्त्त तटबन्ध निर्माण गर्दा इस्टमेट अनुसार दिगो बिकास हुने गरि गर्नु पर्ने प्रदेश शिक्षा निर्देशनालयका इन्जिनियर हिमाल रावतले जानकारी दिए ।

यसै गरि वडा अध्यक्ष नोख बहादुर वलीले सुरुवात मा ध्यान नपुर्याउदा बर्षौ देखि को मेहेनत दैबी प्रकोप का कारण भत्किने हुदाँ यस पटक पुःन यस्तो कार्य नदोहोरिने गरि सबै को सल्लाह र सुझाब लिएर प्राबिधिक इस्टिमेट अनुसार गर्नुपर्ने बताए ।

तटबन्ध निर्माण कार्य धमाधम सुरु भै रहेको छ उक्त्त कार्य विद्यालय ब्यबस्थापन समिति मार्फत सन्चालन भएको छ । यसैगरि यो चैत्र मसान्त सम्म तटबन्ध र चउर को काम सम्पन्न गरी नयाँ सालदेखि यस विद्यालयको खेल मैदान पूरा हुने हुदा विद्यार्थी क्रियाकलाप गर्न सहज हुने प्रद्यानाध्यापक गङ्गाप्रसाद भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया