नेकपा (विप्लव) सल्यानद्धारा एमसीसीको विरोध

No description available.सल्यान । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) सल्यानले एमसीसीको विरोधमा प्रर्दशन गरेको छ । पार्टीको केन्द्रीय सर्कुलर आज( शुक्रबार) बागचौर नगरपालिकाको थारमारेमा विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशन कार्यक्रममा सयौं विद्यार्थी र थारमारे बजारका जनता र यात्रुबाहक को सहभागिता रहेको थियो । विद्यार्थीहरुले एमसीसी विरुद्ध तीव्र आक्रोश र देशभक्ति भाव झल्काउँदै नाराबाजी गरेका थिए ।

कोण सभालाई सम्बोधन तीन वक्ता बागचौर नगर इन्चार्ज मदन चन्द, बनगाड नगर इन्चार्ज गणेश क्षेत्री (मार्सल), युवा संगठन नेपाल सल्यान जिल्ला अध्यक्ष प्रकाश गिरीले आफ्नो मनतव्य राख्दै, राष्ट्रघाती, जनघाती विरुद्ध घोर निन्दा गर्दै एमसीसी राष्ट्रघाती, जनघाती राष्ट्रहित विपरित भएको बताउदै सम्पुर्ण न्यायप्रेमी देशभक्त एक भएर खारेज गर्नुपर्ने र यसका विरुद्ध जुटनु पर्ने दलालहरु तह लगाउनुपर्ने बताए ।

No description available.

सेना प्रहरीहरुले पनि राष्ट्रिय स्वाधीनताको रक्षा लागि उत्तिकै जिम्मेवारी भएको बताउँदै दलालहरुको आदेशमा दमन नगर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया