यी हुन् काँग्रेस बाट नलगाड नगरपालिका मेयरका आकांक्षीहरु


स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाको मेयरमा चुनाव लड्न आकाँक्षा राखेका नेताहरुले आ–आफ्नो नाम सार्वजनिक गरेका छन् । नेपाली काँग्रेस पार्टीबाट नलगाड नगरपालिकामा मेयरको चुनाव लड्ने आकाँक्षा राख्नेहरुमा ६ जना नेता परेका छन् । विभिन्न मिडिया मार्फत आ–आफ्नो नाम सार्वजनिक गर्नेहरुमा प्रकाश पन्त, छवी पन्त, बिन बहादुर सिंह, सरिता सिंह, किशोर मल्ल र तेज बहादुर खत्री रहेका छन् ।

नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाको मेयरका आकाँक्षी नेताहरुको छोटो राजनीतिक परिचय यस प्रकार रहेको छः–

प्रकाश पन्त, सम्पर्क नम्बरः–९८४१९७९७३४
प्रकाश पन्त नलगाड नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । दुईं दशकदेखि सक्रिय पत्रकारितामा संलग्न पन्त नेपाली काँग्रेस पार्टी भित्रका भरोसायोग्य युवा हुन् । दाङका टीकाराम उदासीको प्रेरणाबाट पत्रकारितामा प्रवेश गरेका पन्त २०५९ सालदेखि सुर्खेतको जनमञ्च साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए ।

पन्तले २०६० सालदेखि नेपाल समाचार पत्र दैनिक, २०६१ सालदेखि रेडियो भेरी, कायाकैरन संचालन गरेको उज्यालो नेटवर्क र एभिन्युजन टेलिभिजनमा १५ बर्ष कार्यरत रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । सानै उमेरदेखि आफुलाई समाज सेवामा समर्पित गरेका पत्रकार पन्तले नलगाड नगरपालिकाका एक दर्जन भन्दा बढि स्थानमा निशुल्क स्वास्थ्य शिवीर संचालन गर्नुको साथै विभिन्न रोगका विरामीहरुको उद्धार, उपचार गरिसकेका छन् ।

जिल्लादेखि बाहिर रहेका विद्यार्थीहरुलाई परेका हरेक समस्याहरुमा सहयोग गर्दै आइरहेका पन्तले नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको सह–सचिवसंगै पटक–पटक केन्द्रिय पारषदको निर्वाचनमा विजय हासिल गरिसकेका छन् । महासंघको निर्वाचनमा बाम एलाईन्ससंग लोकतान्त्रिक एलाईन्सबाट चुनाव जित्नेमा पत्रकार पन्त एक मात्र सफल पात्र हुन् ।

सरल तथा मिलनसार स्वभाव भएका पन्तले २०७४ सालमा सम्पन्न भएको निर्वाचनमै नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाको मेयेरको टिकटमा दावी गरेका थिए । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नलगाड नगरपालिकाको मेयरको बलियो उमेरदवारका रुपमा पत्रकार पन्तकै नाम बढि चर्चामा रहेको छ ।

नेपाली काँग्रेसको शुभेक्षुक संस्था प्रेस युनियनको सदस्यता लिएर लामो समय साँगठनिक जीवनको अनुभव हासिल गरी सकेका पन्त सबैको साँझा र लोकप्रिय पात्रका रुपमा परिचित छन् । द्धन्द तथा शान्ती व्यवस्थापन बिषयमा स्नाकोत्तर गरेका ३८ बर्षिय पत्रकार पन्त तत्कालिन प्रधापन्च मावली घरका हजुर बुवा बलीभद्र खड्का र तत्कालिन गाविस अध्यक्ष ठुला बुवा टोप बहादु पन्तबाट राजनीतिमा आकर्षित भएका थिए ।

ठुलो बुवा टोप बहादुर नेपाली काँग्रेस पार्टीबाट तत्कालिन गाविस अध्यक्ष भएकाले पत्रकार पन्त नेपाली काँग्रेस पार्टीप्रति आकर्षित भएता पनि हालसम्म नेपाली काँग्रेस पार्टीको कुनै तहमा रहेर जिम्मेवारी समालेका छैनन् ।

छवी पन्त, सम्पर्क नम्बरः–९५८०५२१२७
छवी पन्त नलगाड नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा उदायका नेपाली काँग्रेस भित्रका प्रभावशाली युवा नेता हुन् । २०६५ सालमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्याथी संघको त्रिभुवन माध्यामिक विद्यालय खलंगाको इकाई कमिटी उप–सभापति भएका पन्त २०६६ सालमा नेविसंघको क्षेत्रीय तदर्थ समितिको सभापति भएका थिए भने, २०६७ सालमा भेरी ज्ञानोदय क्याम्पस इकाई कमिटी सभापतिको जिम्मेवारी समालेका थिए ।

२०६९ सालमा नेविसंघको जिल्ला उपसभापति भएका पन्त २०७० सालमा चुनावी प्ररियोजनका लागि जाजरकोट क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका भातृ संस्था परिचालन तथा समन्वय प्रमुखको जिम्मेवारी समालेका थिए । नेपाली काँग्रेको तेह्रौं महाधिबेशनमा जाजरकोट, १ बाट पार्टी क्षेत्रीय सचिवमा निर्वाचित भएका पन्त २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट नलगाड नगरपालिकाकाको मेयर प्रत्यासी हुन् ।

पार्टीको १४ औं महाधिबेशनबाट जिल्ला सह–सचिवमा निर्वाचित भएका पन्त नेपाली काँग्रेस जाजरकोटका प्रवक्ता र नलगाड नगर कमिटीको संयोजकको जिम्मेवारी समालेका छन् । गत निर्वाचनमा चुनावी मैदानमा उत्रिएका पन्त यस पटकको चुनावमा पनि पार्टीले टिकट दिएमा आफु नलगाड नगरपालिकाको मेयरको चुनाव लड्न तयार रहेको बताएका छन् ।

बिन बहादुर सिंह, सम्पर्क नम्बरः–९८४३४७७४०१
बिन बहादुर सिंह नलगाड नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । नेपाली काँग्रेस निकट विद्यार्थी राजनीतिबाट पञ्चायत कालमै प्रभावित भएका सिंह २०३८ सालमा महेन्द्र बहुँमुखी क्याम्पस नेपालगञ्जबाट नेविसंघको सदस्यता लिएका थिए ।

रुकुम जिल्लामा शिक्षण गरिरहेका सिंहले २०४७ सालमा स्थायी शिक्षकबाट राजीनामा दिएर नेपाली काँग्रेसको जिल्ला कमिटी सदस्य भएका थिए । २०४८ सालमा नेपाली काँग्रेसको महासमिति सदस्य भएका सिंह २०४९ सालमा खगेकोट गाविस उपाध्यक्षको निर्वाचनमा विजय हासिल गरेका थिए । २०५० सालमा नेपाली काँग्रेसको क्षेत्रीय सभापति भएका सिंह २०५२ सालमा पार्टी जिल्ला कमिटी सचिव भएका थिए ।

२०५४ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समिति सदस्यको निर्वाचनमा विजय हासिल गरेका सिंह पार्टीको ९ औं, १० औं, ११ औं, १२ औं र १३ औं महाधिबेशनमा लगातार महासमिति सदस्यमा निर्वाचित भएका थिए । पार्टीको १४ औं राष्ट्रिय महाधिबेशन प्रतिनीधि भएका सिंह २०६२ सालमा जिल्ला कमिटी उप–सभापति भएका थिए ।

हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेका छन् । २०७५ सालदेखि २०७८ सालसम्म नेपाली काँग्रेसको वन, वातावरण तथा विपद व्यवस्थापन केन्द्रिय विभागको सदस्य समेत रहेका सिंह नेपाली काँग्रेस जाजरकोटको परिपक्क नेतामा पर्दछन् ।

सालिन र भद्र स्वभाव भएका सिंह यस पटकको निर्वाचनमा पार्टीले आफुलाई टिकट दिएमा नेपाली काँग्रेसको तर्फबाट नलगाड नगरपालिकामा आफु मेयरको चुनाव लड्न तयार रहेको बताएका छन् ।

सरिता सिंह, सम्पर्क नम्बरः–९८६८०७९२८२
सरिता सिंह नलगाड नगरपालिका–८ की स्थायी बासिन्दा हुन् । २०६३ सालमा नेपाली काँग्रेस पार्टीको कृयाशिल सदस्यता लिएर सक्रिय राजनीति सुरु गरेकी सिंह २०६७ सालमा सम्पन्न १२ औं महाधिबेशन क्षेत्रीय प्रतिनीधिका साथै क्षेत्रीय कमिटी सदस्यको निर्वाचन जितेकी थिईन् । २०७० सालमा लक्षित वर्ग जिल्ला महिला समन्वय समितिको उपाध्यक्ष भएकी सिंह २०७१ सालमा नेपाल महिला संघको जिल्ला सचिव भएकी थिईन् ।

२०७२ सालमा सम्पन्न १३ औं महाधिवेशनबाट नेपाली कांग्रेस जाजरकोट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी सिंह २०७३ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन प्रतिनीधि भएकी थिईन् । २०७८ सालमा सम्पन्न नेपाली कांग्रेस १४ औं राष्ट्रिय महाधिवेशन प्रतिनीधि सिंहको सक्रिय राजनीति बाहेकका अन्य पेशा व्यवसाय केही पनि रहेको छैन् ।

व्याचुलर स्तरको पढाई पुरा गरेकी सिंहले निस्वार्थ भावका साथ आफु पार्टी संगठनको काममा अहोरात्र खटिरहेको बताउने गरेकी छन् । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नलगाड नगरपालिकाको मेयरको बलियो उमेरदवार आफुनै भएको बताउदै सिंहले पार्टीले टिकट दिएमा आफु मेयरको चुनाव लड्न तयार रहेको बताएकी छन् ।

किशोर मल्ल, सम्पर्क नम्बरः–९८५८०६३२४४
किशोर मल्ल नलगाड नगरपालिका–११ का स्थायी बासिन्दा हुन् । नेपाली काँग्रेसको विद्यार्थी राजनीतिबाट छोटै समयमा उदाएका युवा नेता मल्लमा हक्की स्वभाव रहेको छ । २०६० सालमा नेपाली काँग्रेस निकट नेविसंघको इकाई कमिटी सदस्य भएका मल्ल नेविसंघको २०६४ सालका क्षेत्रीय सभापति हुन् । २०६७ सालमा नेविसंघको जिल्ला सचिवको जिम्मेवारी समालेका मल्ल नेपाली काँग्रेसको १२ औं महाधिबेशनमा क्षेत्रीय सचिवका प्रत्यासी हुन् ।

१३ औं महाधिबेशन पश्चात नेपाली काँग्रेसको जिल्ला कमिटी सदस्यमा मनोनित भएका मल्ल १४ औं महाधिबेशनबाट नेपाली काँग्रेस प्रदेश क को क्षेत्रीय उप–सभापतिको जिम्मेवारी समालेका छन् । साढी एक दशकदेखि सक्रिय राजनीतिमा रहेका मल्लले यस पटकको स्थानीय तहको निर्वाचनको लागि नलगाड नगरपालिकाको मेयरको टिकटमा दावी गरेका छन् ।

पार्टीले आफुलाई टिकट दिएमा नलगाड नगरपालिकाको मेयरको चुनाव जितेर देखाई दिने मल्लले दावी गरेका छन् ।

तेज बहादुर खत्री, सम्पर्क नम्बरः–९८४८०६४६२९
तेज बहादुर खत्री नलगाड नगरपालिका–२ का स्थायी बासिन्दा हुन् । नेपाली काँग्रेस पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेका खत्री २०५१ सालमा जनक निम्न माध्यामिक विद्यालय डाँडागाउँको इकाई कमिटी अध्यक्ष थिए ।

२०५५ सालमा सम्पन्न नेविसंघ जिल्ला अबिधेशन प्रतिनीधि भएका खत्री २०६१ सालबाट नेपाली काँग्रेस पार्टी निकट शिक्षक संघको साधारण सदस्य भएर शिक्षक राजनीति सुरु गरेका थिए । नेपाली काँग्रेसको ११ औं महाधिबेशनबाट पार्टीको क्रियाशिल सदस्य लिएका खत्री २०६६ सालमा शिक्षक संघको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी सचिव भएका थिए ।

२०६४ सालमा प्रेस युनियन र नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेका खत्री नेपाली काँग्रेको १३ महाधिवेशनमा क्षेत्रीय प्रतिनीधि निर्वाचित भएका थिए । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको मेयरको टिकटमा दावी गरेका खत्रीले २०५८ सालदेखि हालसम्म जिल्ला सदरमुकाम खलंगामा टियूशन सेन्टर संचालन गरी १२ देखि १५ हजार विद्यार्थीलाई शिक्षण गरीसकेका छन् ।

२०६३ सालदेखि हालसम्म त्रिभुवन माध्यामिक बिद्यालय खलंगामा गणित विषयको शिक्षकमा कार्यरत खत्रीले व्यक्तिगत रुपमा संचालन गरेको टियूशन सेन्टरको शिक्षणबाट १५ जना डाक्टर, ३० जना ईन्जिनियर र थुप्रै अधिकृत स्तरको परीक्षामा सफल हुनसक्ने आधारभुत शिक्षा प्रदान गरिएको दावी गरेका छन् ।

कक्षा १ देखि ५ सम्म जनक प्राथमिक विद्यालय डाँडागाउँ स्कुल प्रथम, कक्षा ६ देखि ८ सम्म त्रिभुवन मावि दल्ली स्कुल प्रथम हुदै आएका खत्री २०५८ देखि २०६० सालसम्म भेरी ज्ञानोदय क्याम्पस खलंगाको आईए प्रथम विद्यार्थी हुन् । शैक्षिक क्षेत्रमा आफुलाई जिल्लाकै उत्कृष्ट शिक्षण सिप र कला भएको दावी गर्दै आएका खत्रीले पार्टीले टिकट दिएमा यस पटकको निर्वाचनमा आफु नलगाड नगरपालिकाको मेयरको चुनाव लड्न तयार भएको बताएका छन् ।

पार्टीले टिकट दिएमा नलगाड नगरपालिकाको निर्वाचन जितेर गरीब, असाहय, जेहेन्दार विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै उपभोक्ता समितिमा बस्ने राजनीतिक विचार र आस्था राखेका व्यक्ति भन्दा पनि स्वतन्त्र विचार राख्ने व्यक्तिलाई प्राथमिकता दिने खत्रीको भनाई रहेको छ ।

#डिजिटल सञ्चारको सहयोगमा तयार पारिएको सामग्री#
तपाईको प्रतिक्रिया