नलगाडको उप–मेयरमा काँग्रेस बाट रिताको आकांक्षा


जाजरकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जाजरकोटमा चुनावी माहोल तातिएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस लगायतका राजनीतिक दलहरुले भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् । पार्टी भित्र नेताहरुले विभिन्न पदका लागि आंकाक्षा देखाईरहेका छन् ।

नगर प्रमुख, उप प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा विभिन्न सञ्चार माध्यममा मार्फत आकांक्षा प्रस्तुत गरिरहेका छन् । नलगाड नगरपालिकाको उप– मेयरमा नेपाली काँग्रेस बाट रीता पुनले आफ्नो आकांक्षा रहेको बताईन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै पुनले आगामी स्थानीय तहको निर्वाचनमा नलगाड नगरपालिकाको उप मेयरमा दावी गर्ने बताएकी छन् । उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा मेरो उप मेयरमा दावी रहनेछ, पार्टीले टिकट दिएमा जिम्मेवारीका साथ चुनाव लड्नेछु ।’

उप –मेयरको दावेदार को हुन् पुन ?
रीता पुन नलगाड नगरपालिका ३ की स्थायी बासिन्दा हुन् । उनले नेपाली काँग्रेसको भातृ संगठन महिला संघ बाट आफ्नो राजनीतिक यात्रा अगाडि बढाईरहेकी छन् । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा इ.पि.एम विषयमा डिग्री गरिरहेकी छन् ।

२०७५ सालमा महिला संघ नलगाड नगर कमिटीको सचिव, सोही बर्ष नेपाल राष्ट्रिय मगर संग कर्णाली प्रदेश कोषाध्यक्षको जिम्मेवारी पाएकी थिईन् । २०७६ सालमा नेपाल राष्ट्रिय महिला संघको केन्द्रिय सदस्य, २०७७ सालमा आदिवासी जनजाति तथा संस्कृति बिषय विज्ञको जिम्मेवारी सम्हालिसकेकी छन् ।

२०७८ सालमा चौधौं महाधिवेशन बाट नेपाली काँग्रेस जाजरकोटको कार्यसमिति सदस्य, २०७८ सालमा राष्ट्रिय आदिवासि जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् जाजरकोटको अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । नलगाड नगरपालिकाको स्थायी बासि भएपनि सदरमुकाम खलंगामा समेत बसाई गर्ने भएकोले ,सात वटै पालिकाको जनताहरुलाई पार्टी गत नभनि निष्पक्ष रुपमा जिल्लामा हुने काम कार्यमा सहयोग गरिरहेकी छन् ।

राजनीतिक संगै समाजसेवाको काम पनि पुन उत्तिकै सक्रिय देखिन्छन् । यूवा पिढीको आशा र भरोसाको केन्द्रविन्दु समेत रहेको यूवा यूवतिहरुले बताउने गरेका छन् ।

पार्टीले टिकट दिई विजेता भएमा
–अपांग बालबालिकालाई विशेष शिक्षा
– स्वास्थ्य मापदण्डलाई आधुनिकरण गर्ने

–एकल महिला र पुरुषलाई विशेष ज्ञान र सीप कार्यमा व्यवस्थापन
–विद्यालयमा आई.सी.टि विस्तार तथा स्वास्थ्य व्यवस्थापनको सुरुवात गर्ने

–वस्ती वस्तीहरुमा खानेपानी, विजुली, यातायात सञ्चालन एवं टिकाउमा ध्यान दिने
–विभिन्न खालका सांस्कृतिक, सामाजिक, एवं परम्परागत भाषाशैलीलाई संरक्षणमा पहल गर्ने

–झरना, ताल,हिमशृखंलालाई पर्यटकीय रुपमा विस्तार गर्ने
–होमस्टे, पाहुनाघर तथा धर्मशालाको विकास निर्माण र विस्तार गर्ने

– विकट दुर्गम वस्तीलाई सहज जीवनयापनमा सहयोग
–नलगाडका शिक्षकलाई तालिम र पेशाप्रतिको असहजतामा सहजता बनाउन विभिन्न पेशागत तालिमको विशेष जोड दिने

–वातावरणीय तवरले रमणीय ठाउँ वस्तीलाई नमुना छनौट गरी प्रबन्ध मिलाउने

–सहकारी विभिन्न संघ संस्थालाई लगानी गर्ने उत्साह प्रदान गर्ने
–ऋणयूक्त सहकारी सहकारी संस्थालाई अनुदानको व्यवस्था गर्ने

–जातजातीहरु विच हुने विभेदलाई सकरात्कम विभेदमा परिणत गर्ने
–आधुनिक कृषि उत्पादनमा जोड दिने

–नमुना कृषक छनौट र पुरुस्कार
–गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा पढाउन सहयोग गर्ने

–शारिरीक अपांग, मानसिक अपांग, बौद्धिक अपांग प्रयोगात्कम र सचेतनामुलक तालिम र प्रोत्साहन मार्फत सहयोग गर्ने

–नलगाडको आर्थिक पक्ष मह उत्पादनका लागि क्षेत्र छनौट गर्ने
आधुनिकीकरण गर्ने

–मौरी घार व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्ने

–प्रदेश, संघ र दातृ राष्ट्र सँग सम्बन्ध विस्तार गर्ने
–विदेशीने यूवाहरुलाई नेपाल मै स्वरोजगार बनाउन पहल पर्ने

–महिला मौलिक शिक्षामा जोड दिने
–समुनत व्यवसायी सफल र नमुना योग्य नगर घोषणालाई सफल बनाउने ।

निर्वाचित भएमा उल्लेखित कामहरुलाई पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया