देशभरि कोरोनाक संक्रमित १० हजारभन्दा थोरै 

काठमाडौं ।  देशभरि कोरोना विरुद्धको सक्रिय संक्रमित १० हजारभन्दा थोरै रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभरि कोरोनाका सक्रिय संक्रमित ९ हजार २ सय ८० रहेका छन् । पछिल्लो २४ घन्टामा २ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयको विवरणअनुसार आज ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।  आज ८ हजार ६ सय २८ जनाको परीक्षण भएको थियो ।

तपाईको प्रतिक्रिया