मुक्तक

मुक्तक
१.जुम्लामा यस्तो एउटा वार चल्दैछ रे
कसले कसलाई ढाल्ने धार चल्दैछ रे
क्षमता भन्दा पावरको धाक देखाएर
विचराहरु धन्दा खुङ्कार चल्दैछ रे

२.कहिले जित कहिले पराजित यस्तै खेल चल्छ
युद्ध मैदान कसले छोड्ने झनझन अचेल चल्छ
एउटा उछिनेर कसरी राज गर्ने सोचिरहेको छ उ
हेरिराखौँ अब हामी यो रणनीति कतिन्जेल चल्छ

३.औँकात देखाउँने आफन्त, थिए अरे
हामीलाई कसरी सक्काउँने भन्दै ,थिए अरे ।।
त्यस्तो हेपेको देख्दा आफ्नो बसाइँ सार्नु पर्यो
निन्द्रमा निक्कै खुसी भको देख्दै ,थिए अरे।।

४.भाइरल हुन्छुकि भन्दै टिकटक नागैं बनाउन थाले
लाइभमा बसीटेपटेप भन्दै टिकटक बनाउन थाले
कला देखाउन र मनोरन्जन लिन बनाएको टिकटक
दुरुपयोग गरि अश्लीशव्द बोलि टिकटक बनाउन थाले

तपाईको प्रतिक्रिया