
गजल
आजैदेखि सधैंका मेरो नराम्रो बानी सकियो
रुँदारुँदै जिन्दगीभर आँखामा पानी सकियो
मेरो अस्मिता माथि नै खेलवाड गरेर उसले
आज एकाएक मेरो निर्दोष जवानी सकियो
मानेनौं खै?आफ्नो स्वार्थ पूरा गर्नलाई तिमीले
स्वार्थ पूरा भएपछि बल्ल मनोमानी सकियो
तिम्रो र मेरो असल मित्रता थियो यो दुनियाँमा
आज हाम्रो सारा भएको त्यो कहानी सकियो
सबैलाई खुसी पार्न मन त थियो मेरो बिचारमा
आज मनभित्र भएको मायाको खानी सकियो
मुक्तक
राष्ट्रघातीलाई अन्त्य गर्न जाल बनाउनुपर्छ
तिनीहरुको लागि यहाँ महाकाल बनाउनुपर्छ
भोलि यो देश बेचेर समाप्त पार्न पनि सक्छन्
आजैबाट हामीले यो हाम्रो नेपाल बनाउनुपर्छ
मुक्तक
मनभित्रका हजारौं पीडाहरु लुकाई हाँसेको मान्छे हुँ
दुनियाँको सामु आफ्नो शिर झुकाई हाँसेको मान्छे हुँ
सबैले भन्छन् मनमा पीर भएपनि बाहिरी हाँसो हाँस्नुपर्छ
त्यसैले आँखाभित्र आँसुको मूल लुकाई हाँसेको मान्छे हुँ
















































। २९ माघ २०७८, शनिबार