
गजल
धान रोप्ने खेतमा सिचाई अनि पिउने पानी दे सरकार
यहाँ रोजगारी दिनस् विदेश जान्छौं राहादानी दे सरकार
हामी बारम्बार निःशुल्क स्वाथ्य, शिक्षाको माग गर्दै छौं
तेरने विकासले हामीलाई छुदैन हाम्रो पीडा जानी दे सरकार
कालापानी, लिपुलेक, लिम्पीया धुरा सबै तिमीले बेच्दैछौं
बाँकी रहेको देश बचाउन अब हाम्रो कुरा मानी दे सरकार
काण्डै–काण्डले भरीएको छ सबै काण्ड हराउँछन यहाँ
को–को छन अपराधी पाल्ने नेताहरु छानी दे सरकार ।
यदी तिमीहरुको विरोध गर्नेलाई जिउँदो रहन दिदैनौ भने
विर शहिदलाई जसरी हामीलाई पनि गोली हानी दे सरकार ।
तिम्रा सत्ताका अन्धामन्त्रीहरु राजधानी वरपर मात्रै देख्छन्
कतै कर्णालीलाई पनि देख्छन्की हुम्लाई राजधानी दे सरकार
गजल
जुन छुने तिम्रो सपना साकार हुँदैन
म गरिब छु सानु हाम्रो घरबार हुँदैन ।
मसंग गाउँमा सानो एउटा घर मात्रै छ
तिमीले चाहेको जस्तै हाम्रो दरवार हुँदैन ।
तिमीलाई धन सम्पत्ती चाहिन्छ होला
म मजदुर हुँ हाम्रो आफ्नै व्यपार हुदैन ।
मसंग जे छ त्यसैमा रमाउँछेउ भने
हाम्रो सम्बन्ध कहिलै वारपार हुँदैन
















































। २९ माघ २०७८, शनिबार