विष्णुको पहलमा बालबालिका उद्धार केन्द्रलाई खाद्यान्न

जाजरकोट । मलेसियामा कार्यरत बारेकोट गाउँपालिका ७ लुहागका विष्णु बोहराको पहलमा बालबालिका उद्धार केन्द्रलाई ५० हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

सोमबार ( आज) एक कार्यक्रमका विच उद्धार केन्द्रका १५ जना बालबालिकालाई खाद्यान्न सहयोग गरिएको हो । बालबालिका उद्धार केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर नेपालीको खातामा मलेसियाको डाईनकास कम्पनीमा कार्यरत नेपालीहरुले नेपाली ५० हजार रुपैयाँ पठाएका थिए ।

५० हजार रुपैयाँको दाल, चामल, चाउचाउ लगायतका खाद्यान्न किनिएको संस्थाका अध्यक्ष लालबहादुर नेपालीले बताए । बालबालिका उद्धार केन्द्रमा अहिले १५ जना अनाथ बालबालिका रहेका छन् । जाजरकोट जिल्लाका मात्र नभई डोल्पाका समेत बालबालिका रहेको नेपालीले बताए ।

जिल्लामा वाआमा गुमाएका अनाथ बालबालिकालाई १२ कक्षा सम्म पढाउने योजनामा उद्धार केन्द्र खोलिएको नेपालीको भनाई छ । उनले भने, ‘बाआमा नभएका कतिपय बालबालिका भारत लगायतका खाडीमुलुकमा काम गर्न बाध्य छन्, तिनीहरुलाई कक्षा १२ सम्मको माद्यामिक शिक्षा दिने छौं, प्राविधिक शिक्षाका लागि घडी, रेडियो, मोबाईल रिपेरेङ्ग लगायतका तालिमको व्यवस्था गर्नेछौं ।’

बालबालिकालाई अहिले अगाडि बढाउन थोरै आर्थिकको कमी भएकोले सबै संग सहयोगका लागि अपिल समेत गरेका छौँ, उनले थपे, ‘जाजरकोट जिल्ला भित्रका अनाथ र वेसहारा बालबालिकाहरु कतै भए सम्पर्क गर्न समेत आग्रह छ ।’

मलेसियामा आफ्नो पसिना चुहाएर नेपाल विशेष गरी जाजरकोटमा सञ्चालित बालबालिका उद्धार केन्द्रलाई सहयोग गर्ने विष्णु जि लगायत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’
विष्णु बोहराल व्यक्तिगत २० हजार सहयोग गरेका छन् भने अन्य सहयोगीदाताहरु मिलेर ३० हजार सहयोग गरेको नेपालीले बताए ।  अन्य सहयोग गर्न चाहाने महानुभावहरुले ज्योति विकास बैकं जाजरकोट शाखामा रहेको ०२०००१००२३९५०२०००००१ बालबालिका उद्धार केन्द्रको खातामा सहयोग गर्न सक्नुहुन्छ ।

सहयोगी दाताहरुको लिस्ट :
विष्णु बोहरा ( बारेकोट, जाजरकोट ) – ७०४ रिगंगेट
संगे शेर्पा ( खोटाङ) – ५० रिगंगेट

रणवीर रोकाय ( जाजरकोट) – ५० रिगंगेट
टेक तामाङ ( कन्चनपुर) – ५० रिगंगेट

केशव घर्ती मगर ( जाजरकोट) – ५० रिगंगेट
पदम बहादुर राई ( उदयपुर) – ५० रिगंगेट

मन्दिरे खत्री ( कञ्चनपुर) – ५१ रिगंगेट
रुद्र बहादुर गुरुङ – २१ रिगंगेट

अर्जुन घलाङ (सिन्धुली – ५० रिगंगेट
सिताराम सापकोटा ( धादिङ) – २९ रिगंगेट

राजकुमार यादव ( रुपनदेही) – २१ रिगंगेट
नवराज राजकोटी ( गुल्मी) – २१ रिगंगेट

दिपेन्द्र गुरुङ – २० रिगंगेट
अगम राई ( उदयपुर) – ५६ रिगंगेट
तिलक चापागाई ( मोरङ) ¬ – २० रिगंगेट
ओविराम जि.एम. – २० रिगंगेट

ओमबहादुर घर्ती मगर ( पाल्पा) – २० रिगंगेट
राजेश्वर थारु – १० रिगंगेट
सितुकुमार ठाकुर – ५० रिगंगेट

जोराक रोकाय ( जाजरकोट) – १०० रिगंगेट
विकास क्षेत्री ( बाग्लुुङ) – ५१ रिगंगेट

नमराज लामा ( ललितपुर) – ५१ रिगंगेट
सुरज चौधरी ( दाङ) – २१ रिगंगेट
विष्णु सुनार – ५० रिगंगेट

नरबहादुर बुढामगर – ५१ रिगंगेट
गोविन्द्र गुरुङ ( नवलपरासी) – ५० रिगंगेट

तपाईको प्रतिक्रिया