
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत एक प्रहरी जवानले वडा कार्यालयलाई जग्गादान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान शेर जंग चन्द्रले रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ को वडा कार्यालयलाई आवश्यक पर्ने जग्गादान दिएका हुन् ।
चन्द्रले भन्दै १२ लाख बराबरको एक रोपनी जग्गा वडा कार्यालयलाई दिएको बताए । पछिल्लो सयम सामाजिक सेवामा मानिसहरुको वितृष्णा जागेको वेला चन्द्रले वडा कार्यालयलाई जग्गादान गर्नु निकै सरहनीय काम गरेको सरोकारवालाहरुले बताए ।

चन्द्रले सामाजिक सञ्जालमा यस्तै लेखका छन् ।
– जग्गा दान
जीवन जिउन हरेक बर्षहरु संघर्ष र प्रयत्नमै बितिरहेका छ्न। थुप्रै अभावहरु छ्न। तर हामी अजम्बरी पनि होइन, बाचिरहने प्राणी पनि होइन। जिउनुको यथार्थमा हामी यो धर्तीको सुन्दर फुल भने अबश्य पनि हो। यहि धेयका साथ मनलाई अन्तरआत्माले तरङ्गित बनाईरहन्छ।
– बिश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्ज उहाँको क्यान्सरबाट निधन हुनु अगाडि भनेको यो नाेटले घोचिरहन्छ।
– दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।
नढाटी भन्नू पर्दा म २०६४ साउन १६ गते सिमसिम पानीमा खल्तीमा १५०० सय रुपैया, झोलामा भुटेकाे मकै नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र, आमाको आशीर्वाद अनि अमिलो मन बोकेर जीवन धान्न नुनको जोह गर्न प्रहरी सेवामा दरखास्त हाल्न नेपालगन्ज गएकाे थिए। सहायद तमामको कथा मेरो जस्तै हुनुपर्छ। पछि सबै बाधापारहरु बाट सफल भएर आधारभुत तालीम हासिल गरेर जागीरको पहिलो पोस्टिङ पुर्बी रोल्पाको मगर बस्ती ईलाका प्रहरी कार्यालय पोबाङ रोल्पामा २०६५ साल माघ ०५ गते हाजिर भए।
म गर्भका साथ भन्छु प्रहरी सेवा जागीर मात्रै होइन उत्कृष्ट जीवन शैली पनि हो। यो संगठनले मलाई बिचार दिएको छ।सेवाभाब दिएको छ। हरेक मान्छेले आफू उठेको धरातल भुल्नु हुदैन। प्रशस्त धन सम्पत्ति भएकाहरुले पनि थालिमा पैसा खाने होइन, उहीँ पिठाे, नुन दाल चामल खाने हो। चाेट लाग्दा दुख्ने मन, रुदा आउने आँसु सबैको एउटै हो। यो कुराले मलाई गिजोलिरहन्छ।
मेरो बा- आमा कहिलै पिलेन चढ्नु भएको थिएन, धेरै लाई यथार्थ भन्न लाज लाग्छ। नेपाल जस्तो बिकासन्मुख र गरिब मुलुकमा ८०% नागरिक पिलेन चढेर आकाशमा उढेका छैनान, एक दिन म घर बिदामा थिए हामी आमा छोरा बारिको डिलमा बसेर साग केलाउदै थियौ , मेरो घरको माथी आकाशको रूड हुँदै सदै जुम्ला पिलेन उड्थ्यो, पिलेन देखाउदै आमा (मुवा) हजुरले भन्नू भयो बाबू यो जहाज बिहान बिहान सदै कहाँ जान्छ होला , कहाका मान्छे होलान? केले बनायो होला ? केहिबेर मेरो टाउकाे झनझनाईरहयो । बुझ्ने हिसाबले मैले थोरै जवाफ दिए। केही दिन पछि रोल्पा पुगे, धेरै दिन सम्म ती जवाफहरु मेरो दिल दिमागमा सलबलाईरहे। पहिलो पोस्टिङको पहिलो तलबले बिनाकाम तिनै बा- आमालाई पिलेनमा उढाए।
जागीरमा धेरै सम्पत्ति आर्जन गरेर अबश्य पनि होइन, पुर्खैली सम्पत्ति धेरै भएर पनि होइन। तिनै स्वर्गीय आमा (मुवा) हजुरको सम्झनामा गोरु जोतेर मुरि उबाज्ने खेत बारिमा सडक बाटो पसे पछि बिकास र परिवर्तनले काेल्टे फेरे पछि तिनै प्रिय गहुबारी तिनै प्रिय धानबारिको छाती काटेर यो बितेको पाच पाच बर्ष सम्म कसैले जग्गा दान गर्ने आट नगरे पछि सार्बजनिक सेवा प्रवाह गर्न मैले रुकुम पश्चिमको सुन्दर नगरी चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयको निकट भबिस्यमा प्रशासनिक भबन निर्माणको लागि निशुल्क (जग्गा दान) गरेको छु। कसै प्रती आग्रह , पुर्बाग्रह, सोध प्रतिसोध, नाफा, फुनाफा छैन, यो पबित्र कार्यमा सबैको सहमति र हार्दिकता रहोस, वडा अध्यक्ष मनमोहन शाह ज्यु लगायत सबै प्रतिनिधि र अग्रजहरु शुभचिन्तक र बौद्धिक एब प्राज्ञिक ब्यक्तित्वहरु सबैमा कृतज्ञता व्यक्त गर्दछु।
– शेरजङ्ग चन्द
चौरजहारी नगरपालिका ११
रुकुम पश्चिम
















































। २४ माघ २०७८, सोमबार