स्थगित भएको खेल माघ २२ गते हुने


काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा स्थगित भएको एक खेल यही माघ २२ गते शनिबार हुने भएको छ ।

विभागीय टिम नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको थियो । माघ २ गते खेल हुनुपर्ने उक्त खेल कोरोनाको कारण स्थगित भएको थियो ।

च्यासलका खेलाडीलाई कोरोना संक्रमण भएपछि खेल्ने वातावरण मिलेको थिएन । यद्यपि, त्यो दिन पुलिसको टिम खेल्न तयार भइसकेको थियो । पुलिसको लागि उक्त खेल जित्नैपर्ने दबाब छ ।

तपाईको प्रतिक्रिया