
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका ८ मा भालुको आक्रमण बाट एक जना घाइते भएका छन् । वडा नं ८ छुतिपाल्ति निवासी अन्दाजी ३० बर्षिय शेरबहादुर सिंह भालुको आक्रमण बाट घाइते भएका हुन् । सोमबार दिउँसो करिव तीन बजेतिर भालुले सिंह माथि आक्रमण गरेको थियो ।
स्थानीय जंगलमा काठ काट्न गएको वेला भालुले आक्रमण गरेको थियो । आक्रमण बाट हात खुट्टामा गम्भीर चोट लागेको छ ।
घाइते सिंहको सेपुखोला स्थित स्वास्थ्य चौकीमा उपचार भईरहेको हाम्रो पहुँचकर्मी लोकराज भुलले जानकारी दिए ।
















































। १८ माघ २०७८, मंगलवार