एम्नेस्टी इन्टरनेसनल नेपाल जाजरकोटको संयोजकमा शाह

May be an image of 4 people and people standing
खलंगा । एम्नेस्टी इन्टरनेसनल नेपाल जाजरकोट ग्रुप ७७ को संयोजकमा खम्बजंग शाह सर्वसहमत निर्वाचित भएका छन् । सोमबार खलंगामा भएको दोस्रो साधारण सभा बाट संयोजकमा शाह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै उप संयोजकमा धनसरा सिंह, सचिवमा बालकुमार शर्मा, सह सचिवमा मुकुन्द्र शर्मा, कोषाध्यक्षमा खुमकली डाँगी निर्विरोध चयन भएका छन् । सदस्यहरुमा राजेन्द्रबहादुर कार्की, शाकेन्द्र विक्रम शाह, शत्रुधन भडेल, किशोरकृष्ण भण्डारी सहित ९ सदस्सीय जिल्ला कार्य समिति निर्वाचित भएको नव निर्वाचित सचिव बालकुमार शर्माले जानकारी दिए ।

जाजरकोट ग्रुपमा ५४ सदस्य संख्या रहेको छ । संयोजक शाह भेरी नगरपालिका ४ का वडाध्यक्ष समेत हुन् ।

May be an image of text that says 'FREEDOM AMNESTY INTERNATIONAL एम्नेस्टी इन्टरनेसनल नेपाल AMNESTY INTERNTIONAL NEPAL GROUP JAJARKOT NO..77 जाजरकोट ग्रुप ७७ Khalanga Jajarko Camali Province 2078 निर्वाचन समिति २०७८ सम्मान सम्पन्न दोसो साधारण सभाबाट तपाई श्री एन्नेस्टी इन्टरनेसनल नेपाल जाजरकोट गुपको मिति २०७८ माघ ৭७ गते जाजरकोट खलगामा प्रदान गरिएको नेपाल जाजरकोट ग्रुपको . निविरो्/निर्ववित हनु भएकोले यो प्रमाण पत्र हार्दिक बघाई ज्ञापन मदै सफल कार्यकालको शुभकामना इन्टरनेसनल वासुदेव शर्मा निर्वाचन सदस्य समिति लिला पौडेल सदस्य निर्वांचन समिति कृष्ण राज श्रेष्ठ संयोजक निर्वाचन समिति'

तपाईको प्रतिक्रिया