२०४६ सालको जनआन्दोलनका घाइते भन्छन्, ‘गास वास र औषधी कसरी जुट्यौं’

नेपालमा भएका ठुला राजनीतिक परिवर्तन संगै विभिन्न जनआन्दोलन र जनयूद्ध सञ्चालन भए । २००७ सालमा राणा शासनका विरुद्धको आन्दोलन, २०२८ सालमा झापा आन्दोलन, २०४६÷०४७ सालमा पञ्चायतका विरुद्ध भएको आन्दोलन होस या २०५२ साल फागुन १ गते देखि सञ्चालन भएको माओवादी जनयुद्ध र २०६२÷०६३ जनआन्दोलन होस् ।

प्रत्येक नेपाली जनताहरु सहभागी भई आन्दोलनलाई सफल पारे । आन्दोलनमा सहभागी भएका योद्धाहरु कति घर फर्किए कतिले आन्दोलनमा ज्यान गुमाए । कतिको सिन्दुर पुछियो, कति परिवार घरवारविहीन भए । तत्कालिन सतापक्ष बाट हजारौ सहिद भए । कति घाइते भए, कसैको हात छैन् कसैको खुट्टा समेत छैनन् ।

यस्तै मध्येका पात्र हुन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलावाङका ५६ बर्षिय तारा खड्का । २०४६ सालमा भएको पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी भए ।

२०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको जनाआन्दोलनका् जिउँदो शहिदका रुपमा समेत खड्का चिनिन्छन् । शरीर भरी गोली लागेको छ, २०४६ सालको जनआन्दोलनको क्रममा प्रहरीको गोली लागेर दाहिने एउटा खुट्टा गुमाए । आन्दोलनको समयमा सक्रिय हुँदा प्रहरीको कुटाई संगै जिब्रो समेत काटियो । आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै गर्दा प्रहरीले पटक–पटक पक्राउ गरी हात खुट्टामा मासु चिरेर नुन, खुर्सानी हारलेर शाररिक वा मानसिक यातना पाए । अहिले मानसिक रोगको औषधी खाईरहेका छन् । तिनै खड्का संग हाम्रो पहुँच डटकमले गरेको संक्षिप्त कुराकानी :

यहाँलाई स्वागत छ ।

धन्यवाद ।

 तपाईको परिचय बताईदिनुहोस् न ?
म मुसिकोट नगरपालिका वडा नं. ४ सोलावाङ रुकुम पश्चिम निवासी तारा खड्का हुँ । २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको जनआन्दोलनका जिउँदो शहिद पनि हुँ । राज्य व्यवस्था परिवर्तनको लागि आन्दोलनमा सरिक हुँदै गर्दा म धन सम्पत्तिबिहिन भई अपाङ्ग शरिर बोकेर ठाउँ–ठाउँमा सहयोगका लागि भौतारिरहेको छु ।

२०४६ सालको जनआन्दोलनको क्रममा प्रहरीको गोली लागेर मैले आफ्नो एउटा खुट्टा गुमाएको हुँ । आन्दोलनको समयमा सक्रिय हुँदा प्रहरीको कुटाई संगसंगै मेरो जिब्रो समेत काटियो । आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै गर्दा प्रहरीले पटक–पटक पक्राउ गरी हात खुट्टामा मासु चिरेर नुन, खुर्सानी हारलेर शाररिक वा मानसिक यातनाहरु पाईयो ।

अहिले अनेक तनावका कारण मानसिक समस्याहरुको भएकाले दैनिक औषधीको प्रयोग गर्न वाध्यता रहेको छ । आफ्नो दैनिकी निर्वाहका लागि म बैसाखीको साहारामा सहयोगी निकायहरुमा पुग्ने गरेको छु ।

 राज्य व्यवस्थाका लागि जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा गर्दै कुन तह सम्मको शिक्षा हाँसिल गर्नुभएको छ ?

म तीन बर्षको हुदाँ मेरो बुवाको निधन भयो । बुवाको निधनपछि मेरो बाल्यकाल निकै कठिनपूर्ण बित्यो । म अन्य व्यक्तिहरुको संरक्षणमा शिक्षा हाँसिल गर्दै जाने क्रममा मैले एस.एल.सी जलखाल स्थित विद्यालयबाट उत्र्तिण गरेको थिए । थप शिक्षा अध्ययनको क्रममा स्नातक आ.आर क्याम्पस बाट २०४६ सालमा उत्र्तिण गरेको थिएँ । मैलै २०५१ सालमा कास्की जिल्लाको जिल्ला प्रशासन कार्यालयमा जागिर शुरुवात गरेको थिए तर नेपाली काँग्रेसको सरकार आएपछि उक्त जागिरबाट मलाई बञ्चित गराएको हो ।

 संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई कसरी निहाल्नु भएको छ ?

राज्य व्यवस्था परिवर्तनका लागि लागि विभिन्न राजनीतिक दलहरुको नेतृत्व संगसंगै परिवर्तनकारी शक्तिहरु बिच कार्य एकता गर्दै संयुक्त आन्दोलनहरु समय–समयमा ठुला –ठुला आन्दोलनहरु भए । ती आन्दोलनहरुको परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हामी छौं ।

आदोलनमा अमुल्य जीवन बलिदान गर्नुहुने महान वीर सहिदहरु र घाईते अपाङ्गहरुको रगत संग साटिएको यो व्यवस्था हो । तसर्थ म राज्य व्यवस्था परिवर्तनमा जीवन बलिदान गर्नुहुने महान वीर शहिदहरप्रति हार्दिक श्रदान्लजी व्यक्त गर्दछु ।

साथै घाईते अपाङ्गहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । आन्दोलनको क्रममा विभिन ठाउँमा बेपत्ता हुनुभएको योद्धाहरुको भौतिक अवस्था तत्काल सार्वजानिक होस् भन्दै म संघीय सरकारसंग अपिल गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था अनुसार जनप्रतिनिधि र नेताहरु अगाडि बढ्न नसक्नु आफैमा दुःखद पक्ष हो ।

यो व्यवस्थालाई नियाल्दा व्यवस्था परिवतर्न मात्र ठुलो कुरा होईन । नेता तथा जनप्रतिनिधिहरुको चरित्र हेर्दा यो व्यवस्थाको दुरुपयोग भएको अवस्था छ । यो व्यवस्था ल्याउनमा योगदान पु¥याउने शहिद तथा घाईते ÷ अपाङ्गहरुको लागि उचित व्यवस्था गर्न नसक्नु जस्ता कुराहरुले म जस्ता जिउँदा सहिदहरुको अपमान भएको छ ।

 तपाईको घरमा को को हुनुहन्छ ?
मेरो घरमा १० बर्षको एक छोरा छ । ८ बर्षिय एक छोरी र मेरो श्रीमति छौं । २०४६ सालको जनआन्दोलनमा घाईते भएपछि घर सम्पत्ति सबै विक्रि गरेर उपचार खर्च जुटाएको थिए । अहिले मेरो सम्पत्तिको नाममा छोरा, छोरी र श्रीमती मात्र छन् । हामी अहिले पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नं. ४ खलंगामा कोठा लिएर बसेको छौं ।

छोरा छोरीका लागि विदेशी एक संस्थाले सगरमाथा बोर्डिङ विराटनगरमा निःशुल्कमा पढाउने व्यवस्था गरेको छ । म पारिवारिक खर्च जुटाउनको लागि अपाङ्ग शरीरसंग ७७ वटा जिल्लाहरुमा पुग्नका लागि संघर्ष गर्दै आएकोे छु । मेरो अवस्था देखेर सहयोग गर्न चाहानु हुने सहयोगीहरुको सहयोगमा मेरो परिवार, मेरो औषधी खर्च लगायत अन्य खर्च जुटाउँदै आएको छु । घरको पारिवारिक अवस्थाले गर्दा श्रीमतीसंग पनि केही कहल हुन्छ त्यसैले म केही रकम संग्लन गरेर घर जान्छु । अहिले मैले घर छोडेको करिब तीन महिना पुरा भईसकेको छ ।

 आन्दोलनमा घाईते भएपछि सरकारबाट तपाईले कति रकम राहत पाउनु भयो ?

२०४६ सालको जनआन्दोलन कोषबाट रु ५० हजार र २०६२÷०६३ सालको जनआन्दोलन कोषबाट रु ३० हजार रकम मात्र आर्थिक सहयोग प्राप्त भयो ।

आन्दोलनमा घाईते भएकाहरुको लागि सरकारबाट प्रर्याप्त आर्थिक सहयोग गरेको भए त म यसरी आर्थिक सहयोग माग्दै भौतारिनु पर्ने बाध्यता पक्कै पनि हुने थिएन ।

अहिले आर्थिक अभावका कारण झगडा हुँदा मलाई पीडा वोध हुँन्छ । प्रहरीको शारीरिक र मानसिक यातनाको कारण मलाई मानसिक समस्या भएको छ । मैले प्रत्येक महिनामा रु ३ हजार बराबर औषधी खानुपर्छ तर, मलाई औषधी किन्नका लागि पनि रकम जुटाउन समस्या हुन्छ ।

मैले खाने मानसिक औषधी निःशुल्क वा आर्थिक सहयोग प्राप्त हुँदा मलाई साह्रै खुशी लाग्छ । मैले बैसाखीको साहारामा ७७ वटै जिल्लाहरुको स्थानीय तहहरुमा पुग्ने सोच गरिरहेको छु ।

आर्थिक सहयोगका लागि कुन–कुन निकायहरुमा पुग्नुभयो ?

शान्ति प्रक्रिया सुरुवात पश्चात् नेपाल सरकार अन्तर्गतका सम्बन्धीत मन्त्रालयहरुमा पटक–पटक पुग्दा पनि मेरो समस्याको समाधानमा नेताहरुको ध्यान पुगेको छैन् । सरकारसंग मेरो दैनिक जीवन निर्वाहका लागि आवश्यक रकम सहित मानसिक रोगको औषधी किन्न वा औषधीको व्यवस्था गरिदिन वारम्वार अनुरोध गरेको छु ।

तर राज्य व्यवस्था परिवर्तनका शहिद र घाईते ÷ अपाङ्गहरुको स–साना समस्यालाई समाधानमा सरकारको ध्यान पुग्न सकेको छैन । यो आफैमा दुःखद पक्ष हो । विभिन्न चरणको राज्य व्यवस्थामा घाईते ÷ अपाङ्गहरुको हिड्न पनि नसक्ने, आँखा पनि नदेख्ने जस्ता जटिल समस्यामा थुप्रै घाईते ÷ अपाङ्गहरुको पनि हुनुहुन्छ ।

तर, हामी जस्ता जिउँदा शहिदहरुको समस्या समाधानमा ध्यान पुग्न नसक्ने सरकारको भौतिक जीवन बलिदान गरेका शहिदहरुको सपना त पुरा होला भन्ने आशा गर्ने ठाउँ ने छैन । मेरो दैनिक जीवन निवार्हको विषयमा सरकार मौन बसेपछि मेरो आवश्यकता पूराको शिलसिलामा म सहयोगी निकायहरुमाको घर दैलोमा पुग्न बाध्य भएको छु । खास गरी म पुगेको स्थानीय सरकारहरुले मेरो समस्यालाई बुझेर नै होला सक्दो आर्थिक सहयोग गर्दै आउनुएको छ । म उहाँहरुको सहयोग प्रति साह्रै खुसी छु ।

आर्थिक सहयोगका लागि तपाईसंग सम्पर्कको माध्यम के–के हुन ?

मेरो अवस्था बुझ्न चाहानुहुने महानुभावहरुले मोवाईल नम्बर ९८४१९३६८१४ मा सम्पर्क गर्न सक्नु हुन्छ । आर्थिक सहयोगका लागि नेपाल राष्ट्रिय बैंक मा रहेको मेरो खाता नम्बरः ०७७१०२०६६७८६०००००१ मा समेत रकम जम्मा गर्न सक्नु हुनेछ । मेरो सरकार भनेकै सहयोगी निकायहरु हुनुन्छ । त्यसैले सहयोगी निकायहरुलाई सक्दो आर्थिक सहयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछु ।

आर्थिक अभावमा भौतारिरहेको अवस्थामा प्रत्येक जिल्लाहरुमा कसरी पुग्दै हुनुहुन्छ ?

आर्थिक अभावलाई व्यवस्थाको सिलशिलामा म ७७ वटै जिल्लामा पुग्ने गरेको छु । सोही क्रममा जाजरकोट जिल्ला आई पुगेको छु । म जिल्लाहरुमा पुग्ने क्रममा स्थानीय तहहरु, पत्रकार र सहयोगी निकायहरुसंग भेटघाट समेत गर्दै आएको छु । हो, वास्तवमा एक जिल्लाबाट अर्को जिल्लामा आर्थिक दृष्टिकोणले चुनौती नै छ । तर दुःख सुख हालसम्म यातायात र होटल खर्च जुटाउँदै आएको छु ।

मेरो भौतिक अवस्था देखेर सहयोगमा गर्न चाहानु हुने सहयोगीहरुले मलाई गाडि भाडा, खाना, बस्न समेत निःशुल्क व्यवस्था गर्दै आउनुभएको छ । तर, कतिपय व्यापारी धर्मलाई आत्मसात गर्ने व्यसायीहरुले भने शुल्क लिनु हुन्छ । त्यो विषयमा मेरो भन्नु केही छैन् ।

तर, मेरो प्रयास भनेको सकेसम्म निःशुल्क यातायात, खाना बस्नका लागि मैले अनुरोध गर्दछु । मेरो अनुरोधलाई स्वीकार गर्नुहुने सहयोगीहरुप्रति नमन व्यक्त गर्दछु । मैले यातायात, खाना, बस्ने अनि मलाई आवश्यक पर्ने औषधीको समेत सहयोग माग्ने गरेको छु ।

यात्राको क्रममा कस्ता समस्या भोग्नु परेको छ ?

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मेरो एउटा खुट्टा छैन् । म नक्कली खट्टा र बैसाखीको सहयोगमा यात्रा गरिरहेको छु । मेरो जिव्रो समेत प्रहरीले काटेको हुँदा मलाई बोल्न निकै समस्या हुन्छ । मेरो बोली स्पष्ट नहुँदा धेरै मानिसहरुले मेरो बोली बुझ्न सक्नु हुँदैन । मैले भनेका सबै कुराहरु मसंगा बोल्न चाहानुहुने व्यक्तिहरुले बुझ्न सक्नु हुँदैन ।

आर्थिक समस्या, शाररिक समस्या शाररिक समस्याहरुले पनि अनेक समस्याहरु सिर्जना हुने गर्छन् । तर मेरो आत्म बल नघटाई आत्म विश्वासका साथ अहोरात्र मेरो यात्रा निरन्तर राखेको छु । यो मेरो संघर्षपूर्ण यात्रामा तपाई सहयोगी निकायहरुको साथ सहयोग रहेको छ र त मेरो यात्रा अहिले सम्म सफल भएको छ । आगमी दिनहरुमा पनि तपाईहरुको सहयोगको आपेक्षा गरेको छु ।

 राज्यले तपाईहरु जस्ता घाईते यौद्धाहरुलाई कस्तो व्यवस्था गरेको भए हुन्थ्यो ?

म जस्ता हजारौं जिउँदो शहिद र भौतिक जीवन बलिदान गर्नुहुने महान वीर शहिदहरुको योगदानबाट नै राज्य व्यवस्था परिवर्तन भएको हो भन्ने कुरा राज्यको निकायमा बस्ने नेता वा जनप्रतिनिधिहरुले भुल्नु भएन् ।

शहिदका सपनाहरु पूरा गर्न तर्फ राज्य लाग्नु पर्छ भने म लगायतका हजारौं जिउँदा शहिदहरुको उपचार, गाँस, वास लगायतका आवश्यकताहरु प्रर्तिमा ध्यान दिन सकिएको अवस्था परिवर्तन भएको हामीले महशुस गर्न पाउने थियौं । हामी जस्ता जिउँदा शहिदहरुलाई ठुला–ठुला महल पनि चाहिएको छैन् । हाम्रा आवश्यकताहरु पूर्तितर्फ ध्यान दिन आवश्यक छ ।

अन्तिममा के भन्न चाहानु हुन्छ ?

सबै कुराहरु माथि नै प्रस्ट पारिसकेको छु । सर्वप्रथम मेरो पीडाहरुलाई आफ्नो अनलाईन पत्रिकाको माध्यमबाट सरोकारवाला निकाय र सहयोगी मनहरु समक्ष पुराउने प्रयास गर्नुभएकोमा यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।

तपाईको प्रतिक्रिया