गजल : ‘रोए आज’


हाँसो खुशी अर्कैले लुट्यो र त रोए आज
दुई मुटुको एउटै धड्कन छुट्यो र त रोए आज

बाचा थियो संगै जिउने संगै मर्ने भनी
अजम्बरी साथ हाम्रो छुट्यो र त रोए आज

मिठा मिठा कुरा अनि कल्पनाकै संसार हुन्थियो
सारा सपना ऐना जस्तै फुट्यो र त रोए आज

नौं लाख डाँडा क्षितिज पारी एउटा बस्ती थियो
हिजो आज त्यही बस्ती उट्यो र त रोए आज

तपाईको प्रतिक्रिया