जाजरकोटमा तीन महिने निःशुल्क सिलाई कटाई तालिम

No description available.

प्रेम विश्वकर्मा
खलंगा । जाजरकोटमा तीन महिने निःशुल्क सिलाई कटाई तालिम संञ्चालन भएको छ । उद्योग तथा उपभोक्ता हित संक्षरण कार्यालय जाजरकोटको आर्थिक सहयोग र सिलाई कटाई व्यावसायी संघ जाजरकोटको समन्वयमा उक्त तालिम संञ्चालन भएको हो ।

No description available.

उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय, जाजरकोटका प्रमुख मानबहादुर खत्रीको अध्यक्षतामा र भेरी नगरपालिका ३ का वडाध्यक्ष लिलबहादुर शाहको प्रमुख आथितिमा शुक्रबार भेरी नगरपालिका ३ टाँटीबजारमा निःशुलक तीन महिने सिलाई कटाई तालिमको उद्दघाट कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

तालिममा भेरी नगरपालिकाका १३ जना, छेडागाड नगरपालिकाका २ जना, कुशे गाउँपालिकाका १ जना र बारेकोट गाउँपालिकाका ४ जना गरि जम्मा २० जना सहभागि रहने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटका कार्यालय प्रमुख मानबहादुर खत्रीले बताए ।

No description available.

उक्त तालिमा प्रयोग भएको सामाग्रिहरु सहभागि भएको व्यक्तिहरुले चाहेमा दश जनालाई कुल मुल्यको ३० प्रतिशतमा दिन सकिने खत्रीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया