
प्रिय कमरेडहरु, देश राजनीतिक दाउपेच र खिचातानीले गर्दा देशका आम नागरिकहरु विभिन्न गुट उपगुटमा विभक्त भएका छन् । संगठन भित्र गर्नै पर्ने विकास निर्माण तथा नियमित हुने क्रियाकलापमा समेत दक्षिणपन्थी तत्वहरुको हस्तक्षेप हुँदै आएको छ । जसकारण हाम्रो सिंगो संगठन(अनेरास्ववियु) नै कमजोर अवस्थामा पुग्ने सम्भावना छ ।
अनेरास्ववियुका हरेक मुद्दाहरु जनता र देशको हितमा छन् । आम नागरिकको हितको लागि छ । देशको स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रियताको सवालमा अनेरास्ववियु सधै अग्रपंक्तिमा खटिएर काम गर्दै आएको कुरा हामी सबैलाई अवगत नै छ ।
तथापी वर्तमान राजनीतिक परिस्थितिले देश कुबाटो तिर मोडिन पुगेको छ । परमादेश बाट बनेको सरकारले देश र जनताको हित विपरित काम गरहेको छ । बढ्दो मंहगी, मुल्य वृद्धि, भारतीय दादागिरी विरुद्ध मौन बस्नु, स्थानीय चुनाब समय मै घोषणा नगर्नु मा अहिलेको सरकार मौन बस्दै आईरहेको छ ।
हामी अहिले संकटको अवस्थामा छौ । यो अवस्थामा हामी सबै आफ्नो आफ्नो स्थान बाट एकताको हातहरु जोड्न आवश्यक रहेको छ । राष्ट्रकवि माधब प्रसाद घिमिरे को “नेपाली हामी रहौला कहाँ नेपालै नरेहे” कवितांशलाई उदाहरणको रुपमा लिने हो भने विद्यमान संकटलाई सामाधान गर्नको लागि फुट्नु भन्दा जुटको राजनीतिक कार्यदिशा आवश्यक छ ।
अनेरास्ववियुले शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन लाई सभ्य, सु–संस्कारिक तबरले शैक्षिक वातावरण सिर्जना गरी राष्ट्र परिवर्तन गर्ने मुल एजेन्डा लिएर काम गर्दछ । त्यसैगरी विद्यार्थी नेता भनेका यी एजेन्डाहरुलाई लिएर यस्को प्रयोग गर्दै समाज रुपान्तरणमा सकारात्मक भुमिका खेल्ने पथ प्रदर्शक हुन् ।
विडम्बना बिद्यार्थीहरु संग जोडिएका प्रत्यक्ष सवालहरुलाई थाती राख्दै विभिन्न गुट उपगुट मा बिभक्त भै संगठनलाई कमजोर बनाउने तर्फ लाग्ने गर्दछौ ।
जब हाम्रो देश नै रहदैन, राष्ट्रियता नै रहदैन,स्वाधीनता नै फुटेर जान्छ ,हामी एक्लो हुन्छौ,नाङ्गो हुन्छौं ,तसर्थ हामी सबै यो अवस्थामा फुट्नु भन्दा जुट्नु आवश्यक छ ।
हामीले बाह्य तत्वहरुलाई परारस्त गर्ने, संगठनलाई कमजोर बनाउनेमा हावी भएका तत्वहरुलाई निर्मुल पार्नको लागी, अरु संगठनको तुलनामा हाम्रो संगठन एक बौद्धिक,ठुलो र प्रभाशाली विद्यार्थी संगठन हो भनि प्रमाणित गर्न को लागि हामी जुट्न आवश्यक रहेको छ । “एकता भित्र जुटेमा संसार सारा हाकिन्छ आपसमा हामी फुटेमा सपना हाम्रो मासिन्छ” धन्यवाद !
















































। १४ माघ २०७८, शुक्रबार