
आधुनिक मानव समाजमा अहिले सूचना संचार प्रविधिमा भएको अदभूतपुर्ण विकासले आज आधुनिक विश्वलाई निकै सानो एकाईमा बदलिएको छ । आज यसको सहज फाइदा उठाउदै केही सीमित साम्राज्यवादी पुँजीवादीहरु एक ठाउँ बाट अर्को ठाउँ आफ्नो अस्तित्व कायम गर्न मुनाफाको व्यापार गर्न केन्द्रीकृत भएर साम्राज्यवाद रिमोट कन्ट्रोल भएर बसेको छ ।
आज यसले सामाजिक राजनीतिक र साँस्कृतिक दृष्टिकोणले आधुनिक समाजलाई भुमण्डलीकृत अवस्थामा विभाजित छ । विभाज्य गरिएको छ । एकीकृत पुँजीवाद भुमण्डलीकृत पुँजीवादमा रुपान्तरण र विस्तार भएको छ । अहिलेका एकीकृत मुठ्ठीभर पँुजीवादी अझ दलाल पुँजीवादीहरुले वस्तु उपभोग गर्नका लागि नभई केवल श्रमजीवी जनतालाई विक्रि गर्न आफ्नो मुनाफा आर्जन गर्न र सीमित पुजी केन्द्रित गर्ने उद्धेश्य सहितको उत्पादन गरिरहेका छन् ।
त्यसमा दलाल पँुजीवादी राज्य व्यवस्था विशेष त साम्राज्यवादले संरक्षण गरेर कृत्रिम प्राण दिएर जीवित बनाइरहेको छ । यसको आयु सयौं बर्ष पुर्याउन विभिन्न आयममा खोक्रो जालसाँची गर्दै अगाडि बढिरहेकै छ । जसरी भएपनि जहाँ भएपनि मुनाफाका लागि सम्पत्ति लगानी गर्ने मुनाफा आर्जन गरि यसको निक्षेप गर्ने र त्यसलाई वजारमा प्रभावित गरि बढी मुनाफाको व्यवसाय गरिरहेको छ । उदार निगम पुँजीवाद भुमण्डलीकृत उदार निजीकृत भएको छ ।
हिजो पुँजीवाद र पँुजीपतीहरु वलक वलकमा विभाजन भएका थिए । तर आजको आधुनिक विज्ञान प्रबिधिको युगमा पँुजीवादीहरु एकीकृत एकताबद्द र संगठित भएका छ्न । पँुजीवादीहरुले पुँजीलाई ब्रान्चमा बिस्तार गरेका छन् । विभिन्न शाखा उपशाखा विभिन्न क्षेत्र विभिन्न देशहरुमा भिन्न भिन्न माल उत्पादन गरेर सम्पुर्ण पँुजी एकै ठाउँ एकीकृत गर्ने र मिलिजुली पुँजी बाँड्ने गर्दछ्न ।
आज राष्ट्रिय पुँजीपती वर्ग बहुराष्ट्रिय कम्पनी मल्टिनेशनल ट्रान्सलेसन कम्पनीमा एकीकृत भएका छन् । संगठित एकताबद्ध भएर सहजै लुटन सकिन्छ भनेर पँुजीवादीहरु ग्लोवलाइजेसन पुँजीवाद र दलाल पुजीवादमा रुपान्तरण भएर बसेका छ्न र पुजीवादलाई विभिन्न भेराटिहरुमा बिकास गरिरहेका छ्न ! उधारणकोलागी मोबाइलको प्रयोगलाई लिन सकिन्छ ।
एउटा मालिकले परिस्थिति अनुसार थरीथरीका मोबाइल उत्पादन गरेर बजारमा ल्याउछ । त्यसको प्रयोग श्रमिक देखि पुँजीपति सम्मले संमान प्रयोगमा ल्याउँछन् । विडम्बना उत्पादन कर्ता मालिकले वितरणको मुनाफाले मोबाइलको प्रयोग गरिरहेको हुन्छ भने श्रमजीवी श्रमिकले प्रयोग गर्नका लागि आफ्नो चल अचल सम्पती त्यही उत्पादनकर्तासग बन्धकी राखेर विकसित मुलुकमा रोजगार गरेरमात्र प्रयोग गर्नुपर्ने बाध्यता निर्माण गरेको छ । यस्ता बहुराष्ट्रिय दलाल पुजिबादले भुमन्डलीकृत पुँजीवादको नौलो स्वरुप निर्धारण गरेको छ । यसलाई वैज्ञानिक तवरले बुझ्न जरुरी छ ।
आज नेपालको सन्दर्भमा नवउपनिवेशिक र निगम पुँजीवादले देशलाई जनतालाई सम्पन्न बनाउनु दिशा तिर होइन कि सीमित द्लाल पुँजीवादीहरुलाई सम्पत्तिको मालिक बनाउने अबस्थामा सिर्जित छ । अहिले दलाल संसदीय व्यवस्थाले सम्पुर्ण स्रोत साधनहरु समाप्त गरि विदेशी साम्राज्यवादको जिम्मा लगाई देश र जनतालाई सम्पत्ति बिहिन बनाउने दिशा तिर अग्रसर भइरहेको छ ।
उद्योग कलाकारखाना बन्द गर्ने उत्पादन जमिन पलटिङ्ग गर्ने नयाँ उद्योग कारखाना नखोल्ने र उत्पादनका लागि कुनै नयाँ नीति योजना र कार्यक्रम नबनाई विदेशी पुँजीपतिहरुको लुटको लागि देशका साधन स्रोत र यहाँका बहुमुल्य स्रोतहरु बिदेशी दलाललाई बुझाउने यो दलाल ब्यबस्थाले गर्दा देश र नागरिक कंगाल बन्दै गएका छौ । आज नेकपामा पतञ्जली योग खोल्ने नाममा विदेशी दलाल रामदेव बाबाले सम्पुर्ण जडिबुटी निर्यात गर्ने रणनीति बनाइदै छ ।
आज यसमा दलाल पुँजीवादी सत्ता किन तत्पर ढंगले लागि परिरहेको छ । आम नागरिकले मनन गर्न जरुरी छ । आज विश्व बजारमा कच्चा पदार्थ माथि उपनिवेशिक तरिकाले नियन्त्रण गर्न साम्राज्यवाद उदारीकरण निजीकरण र भुमन्डलीकरणको नीति बनाएर आफ्नो रामराज्य खडा गरेर विश्व बजार कब्जा गरिरहेका छन् ।
आज पुँजीवादी र साम्राज्यवादी देशहरू आज उदारीकरणमा रहएका छन् । जसले गर्दा १ प्रतिशत धनाढ्यहरुको हातमा ५१ प्रतिशत सम्पति छ । १० प्रतिशत धनाढ्यको हातमा ८० प्रतिशत सम्पत्ति एकीकृत र केन्द्रीकृत छ ।
बाँकी रहेको २० प्रतिशत सम्पत्ति ८० प्रतिशतको विपरित छ । यो विडम्बना पुर्ण अवस्था आजको निगम पँुजीवादी राज्यसत्तामा ८० प्रतिशत आमा नागरिक जनता गरिबीको शिकार हुनुपर्ने वातावरण सिर्जना भएको छ ।
मुठ्ठीभर द्लाल पुँजिपतिहरुको हातमा हुने केन्द्रिकरणले देशको सम्पति विदेशी साम्राज्यवादको हातमा पलायन भइरहेको आज पँुजीवादी अमेरिकामा ९९% प्रतिशत जनसंख्यामा १% प्रतिशत धनाढ्य पँुजीवादीहरुमा हातमा ८० प्रतिशत भन्दा बढी सम्पत्ति एकीकृत भएको छ । नेपालको हकमा अबैध ढंगले कमाएर एकीकृत गरेको पुँजी स्विस बैंकमा ९० अर्ब भन्दा बढी छ भन्ने तथ्यांक छ । बार्षिक ७७ अर्ब भन्दा बढी पुँजी पलाएन भएको तथ्य सार्वजनिक नै छन् ।
विश्वका ५० जना मानिसको हातमा विश्वको कुल आधा जनसंख्याको हिस्सा एकीकृत भएको छ । यो निजि उदार पुँजीवादले पैदा गरेको एकीकृत पुँजी केन्दिकरण पुँजी हो । यो पँुजी आज औद्योगिक क्षेत्रहरूमा लगानी गर्ने कलाकारखाना विशेष त उत्पादनमा आधारित पुँजी होईन हिजो औद्योगिक क्षेत्रमा आधारित हुने गर्दथ्यो तर आज निकै भिन्नताको छ्लाङ्ग मारेको छ ।
आज यो पुँजी बजार पुँजीमा रुपान्तरण विकास र बिस्तार भएको छ । आफ्नो बजार प्रतिस्पर्धाको लागि अन्य कमजोर राष्ट्रहरुलाई उपनिवेश बनाइ त्यहाँको कच्चा पदार्थ बहुमुल्य स्रोतसाधनहरु दोहन गर्ने गरि उत्पादित बस्तु त्यही देशमा बिक्री गर्ने बजार पुँजीको नयाँ रुपको भेरिन्ट आज बित्तीय पुँजीमा विकास भएको छ ।
आज वित्तीय पँुजीको चरीत्र कुनै पँुजीपतिले कुनै देशमा पुँजी लगानी गर्ने सामानाको उत्पादन गर्ने त्यही देश त्यही ठाउँमा बिक्री गर्ने मुनाफा जति सबै आफू आफ्नो देशमा एकीकृत भण्डार गर्ने पुँजीको लगानी पुँजीमा गर्ने आजको स्थित वित्तीयको चरित्र हो । हिजो बैंकहरु मौद्रिक कारोबारमा विचौलिया अर्थात दलालको भुमिका हुने गर्द्थ्यो ।
आजको अवस्था भिन्न्न गतिमा अगाडि बढिरहेको छ । आज पुजीवादी उत्पादनको नेतृत्व मुठीभर एकाधिकार बित्तीय पुँजीपतिहरुको हातमा केन्दिकरण भएको छ । आज पुँजीको लगानी पुँजीमा गर्ने गरेका छन् । विभिन्न बैक आइएम.मी, एप, धितोपत्र बोर्ड सट्टा बजार सेयर बजार जग्गा किन बेच खरिद वित्तीय पँुजीवादका चारित्रक रुप हुन् ।
यसले अझ नयाँ भेरियन्टहरु विकास गर्दै विज्ञान प्रविधिको विकासमा एकता गरेर एकीकृत भएर लुटन सकिन्छ भनेर बदलिँदो सुचना प्रविधि डिजिटल ग्लोबललाइजेसन लाई प्रयोग गरेर विभिन्न इलिगल प्रोजेक्टहरुका नाममा विभिन्न अनलाइन विजनेसहरुको नाममा मनोरञ्जनका साधनहरु विभिन्न एप्सहरु मोबाइल फङसनहरु इत्यादि यी वित्तीय एकाधिकार बलियो पुँजीवादलाई बलियो बनाउने र सम्पुर्ण विश्व बजारको नाफा सोर्ने र सम्पुर्ण पुँजीलाई एक ठाउँ केन्द्रिकरण र एकीकृत गरि विश्वमा एकल राज गर्ने सारा श्रमजीवी जनताहरुलाई भोको नाङै बनाउने मात्र नभई भुमन्डलीकृत वित्तीय पुँजीवादले पैदा इन्धन र प्राबिधिक कारणले अब १०० बर्षपछि पृथ्वी ध्वस्त हुनेछ ।
पर्यावरण विनासले वाताबरणमा देखिएको समस्या पृथ्वीको तापक्रममा वृद्धि जलवायु परिवर्तन विभिन्न आधुनिक आविष्कारको आफ्नो मुनाफाको लागि विभिन्न भाइरस उत्पादन गरि महामारी रोग व्याद्थी विकास हुनु र विभिन्न जल थल जीवजन्तु प्राणी लोभ हुँदै जानू, धार्मिक युद्ध गराई विभिन्न नरसंहार गराउनु साम्राज्यवादी एकाधिकार वित्तीय पुँजीवाद र पुजिवादीहरु अहिलेको मुख्य विशेषता रहेको छ देखिन्छ ।
आजको दुनियाँमा वित्तीय क्षेत्रमा वित्तीय अल्पतन्त्रका ठोस रुपमा एकाधिकार वित्तीय समुहहरु रहेका छन् । अहिलेको सयुक्त राज्य अमेरिकाको कुरा गरौ देशको अर्थ ब्यबस्थाको निर्णायक भुमिका केवल १८, देखि २० बटा एकाधिकार वित्तीय समुहरुले गरिरहेका छन् । जसको नियन्त्रणमा ६७८.४ अर्ब अमेरिकी ड्लर सम्पत्ति एकीकृत छ । हिजो १९८७ सम्म ३१९.५ अर्ब डलर थियो ।
बैंकिङ क्षेत्रमा ३५८.५ अर्ब उद्योग बाणिज्य ब्यापार सेवामा थियो । अहिलेको आधुनिक डिजिटल प्रविधिको विकास प्रयोगले वित्तीय एकाधिकार निगमको क्षेत्रमा फलाम स्पात उद्योग मोटर विद्युत इन्जिनियरिङ इलेक्ट्रिकल रड प्रेट्रोलियम पदार्थ बायुयान बिद्युतिय इन्जिनियरिङ लगाएतका क्षेत्रहरूमा एकल कब्जा जमाएर आज सम्पत्ति चौगुणा पुगेको छ ।
नेपालको सन्दर्भमा अहिले दिनहुँ जस्तो हरेक पत्रपत्रिकामा पढ्ने गरिन्छ ।
प्रकाशित सुचनाहरु, फलानो व्यक्ती, उनीहरुको कर्जा चुत्ता, भुत्तानी गर्न आउने जारी सुचना अर्थात चल अचल सम्पत्ती लिलामी सुचना, बैंक तथा वित्तीय संस्थाद्वारा जारी गरिएको यस्ता सुचनाले ऋण्ीाको अवस्था प्रती मात्र होइन समाज,देश र देशको अर्थतन्त्र साथै अर्थ नीतिप्रति पनि गम्भीर प्रश्न उब्ज्याउने गरेको छ ।
देशमा व्याप्त निगम पुँजीवाद छ र यसको मारमा साना तथा मझौला ब्यवसायी, किसान, मजदुर परेका छन् । व्याप्त भ्रष्टाचार , दलालिकरण , व्यथिति र अर्थतन्त्रको गिरावट संगै हरेक व्यक्तिले राज्यको ऋणको भार बोक्नुपर्ने बाध्यात्मक परिस्थिति जटिल बनिरहेको छ ।
यस्तै राज्यद्वारा लगाइएको चर्को कर प्रणाली, उच्च मुल्यबृद्दी , बजारको अस्तव्यस्त अवस्था र बिचौलियाकरण, स्वदेशी लगानीमा गिरावट संगै बिदेशी लगानीलाई बाहुल्यता जस्ता कुराहरुले गर्दा आज समाज पछाडि परिरहेको छ भने देशको अर्थतन्त्र नै बिदेशीको हातमा गएको प्रष्ट छ ।
दलाल राज्यसत्ताका हिमायतिहरु मौन छ्न कुनै उत्पादन अर्थ सम्बन्ध अर्थनीति बनाउन सकेका छैनन् । आफ्नै सत्ता सरकार कुर्सी जोगाउने धाउन तत्पर छन् । यस्तो जटिल अवस्थामा नेपाल सराकारको मान्यता प्राप्त, भनिने विभिन्न वर्गमा विभाजित च्याउ सरि उम्रिएका बैंक तथा बित्तीय संस्थाहरु आजभोली गाउँ, गल्ली चारैतिर छरिएर विस्तार गरिनु हुनु बढो अनौठो कुरा नभई गम्भीर विषय बनेको छ ।
सत्ता सरकार सत्तासिन दलालहरुले अनुगमन गर्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुको अनुगमन शून्य छ । उनीहरुले दिने सेवा र सेवाग्राही बीचको सम्बन्ध, सरलीकरण प्रती कुराहरु आउँछन । तर उनीहरुको सेवा कुन अवस्थामा छ ? यस प्रती कुनै चासो सम्बन्धित निकायको छैन् । जसले गर्दा मनपरी रुपमा गाउँ –गाउँ , गल्ली – गल्ली छिरेर यस्ता संस्थाहरुले आफ्नो हैकम जमाएको पाहिन्छ । । बैंक मालिक नै अहिलेको अवस्थामा जनता लुट्ने पुँजीवादका मालिकहरु भएका छन् ।
आज देशमा बैंक तथा बित्तीय संस्थाका कारण हजारौं मानिसहरु घरवारविहीन बनिसकेका छन् । बन्न बाधय भएका छन् भने अबको केही समय भित्र यसको संख्या दुई गुणा बढ्ने निश्चित छ । यो आजको दलाल साम्राज्यवादको निगम पुँजीवादका कारण उत्पन्न समस्या हो । यो एकीकृत वित्तीय एकाधिकार पुँजीवाद पुँजीपति द्वारा उत्पन्न समस्या हो ।
आज सेवाग्राहीको सामान्य अवस्था नहेरी उसको अचल सम्पत्तिको गिद्दे नजरमा चर्को ब्याजदरमा ऋण प्रवाह गरेर आफ्नो साम्राज्य बढाउने उद्देस्य सहित अगाडि बढिरहेको वित्तीय एकाधिकार पुँजीवादले । बैंक तथा वित्तीय संस्थाका कारण ग्रामीण छेत्रमा सबैभन्दा बढी पीडित बनेका छन् । पहिला सहर केन्द्रित रहेर बिस्तार गरिएका बैंक तथा बित्तिय संस्थाहरु अहिले गाउँ देखि सहरसम्म केन्द्रित रहेर काम गरिरहेका छन् ।
बिशेष गरी गाउँमा महिलाहरुलाई भेला गराएर उनीहरुलाई समुहमा विभाजित बनाई, विभिन्न प्रलोभन र विशेषता देखाई फसाइरहेको तथ्य हामिले देख्न सकिन्छ । त्यसका भागेदारी तपाईं हामी छौ । जसले गर्दा महिलाहरु आफ्नो जिविकोपार्जन गर्ने सामान्य कार्य समेत गर्न मुस्किल बनेको प्रशस्त उदाहरणहरु छन् ।
चर्को व्याजदरमा ऋण प्रवाह, अनावश्यक सेवा शुल्क, बिमा शुल्क इत्यादी थुपार्दै उनीहरुको सामान्य कमाई समेत लुट्ने प्रवृत्ति गाउँ – ठाउँमा देख्न सकिन्छ । यदि यही अनुपातमा वित्तीय संस्थाले आफ्नो कार्य अगाडी बढाउदै लैजाने हो भने अबको केही बर्षमा देशको गरिवीको अनुपात चौगुणा निश्चित नै बढ्ने देखिन्छ ।
हामीले सुन्ने गरेका छौ , तराईमा एक जना किसानले भैंसी पालनका निम्त्ती लिएको ऋण चुत्ता गर्न नसक्दा किसानको भैसी नै जफत गरिएको थियो साथै बैंकको ऋण केही समय तिर्न नसक्दा एक किसानको ३७ रोपनी जग्गा बैंक , दलाल, प्रशासन मिलेर बेचिएको थियो र ऋण चुत्ता गर्न पुग्दा लिलामी भईसकेको खबरहरु आएका थिए ।
यो अवस्था सृजित हुनु ऋणिको अर्थात किसानको दोष होइन यो दलाल व्यवस्था र यहि व्यवस्था संचालित राज्यद्वारा मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको हो । सामान्य रुपमा व्यक्तिको धरातल नहेरी उसको सानो आयस्रोतमा समेत आफ्नो कब्जामा पार्ने उद्देश्य सहित बैंक तथा बित्तिय संस्थाहरु अहिले देशैभर कुना कुना पुगेका छन् ।
उनीहरुले सामान्य आयस्रोत नभएकालाई समेत ऋण प्रवाह गरि उसको सरल जीवनयापनलाई समेत ह्रास तुल्याउने कार्य गरेका छन् अग्रिम शत् प्रतिशत लगानी र कागजी प्रकृयाले गर्दा मेहेनती अथवा खास किसान शोषणमा परेका छन् । यस्तो अवस्थाले हजारौं ऋण खोजेर ब्यवासाय गर्नेहरु निराश हुनुपरेको छ भने किसानहरुको मारमा परेका छन् । श्रमजीवीहरु कटौती हुँदै गएका छन्् ।
यो सबै निगम पुँजीवादको कारण , बैंक मालिकहरुको लुट्ने धन्दाका कारण हुन् । यदि समयमै यसको निराकरण गरिएन भने देशमा अर्थबजार दलालीकरण हुँदै विदेशी स्वामित्तमा पुग्ने पक्का छ । साम्राज्यवादी दलाल पुँजी दिन प्रतिदिन केन्द्रित हुँदै गएको छ ।
यसकारण जब सम्म विकासको नाममा साम्राज्यवादी पँुजी एकाधिकार र एकीकृत रुपमा प्रयोग भइरहन्छ । तबसम्म देशको आर्थिक आधार र राजनीतिक संरचनामा दलाल पुँजी र पुँजीवादीहरुको वर्चस्व कायम रहिरहनेछ ।
रहन्छ देशमा हुने विकासले देशको सम्पत्ति वृद्धि गर्न कुनै पनि योगदान गर्न सक्दैन त्यसको विपरित देश र जनतालाई गरिब बनाउन र राष्ट्रको आर्थिक अवस्था कंगाल बनाउने निश्चित नै छ । अहिलेको नवउदार एकाधिकार वित्तीय पँुजीवादले पुँजीको निर्यातले अल्पबिकसित र विकास उन्मुख राष्ट्रहरुका शासक राज्यसत्ता अवयवहरुमा आफ्ना दलालहरुलाई स्थापित गर्ने र दलाल हुन अस्विकार गर्नेलाई सत्ताच्युत गर्ने मात्र नभई भौतिक रुपमा नै हत्यासम्मको नवउपनिवेश कायम गरिरहेका छन् ।
आज साम्राज्यवादी पुँजीवादी दलाल बाहेक देशभक्त सत्तामा रहने वातावरण छैन् । जसले आफ्नो बिरोध गर्छन् । ती देशहरुलाई आर्थिक मन्दी सैन्य धम्कीको सामना गरिएको देख्न सकिन्छ । आजको यसप्रकारको वित्तीय निगम एकाधिकार साम्राज्यवादी पँुजीवादीहरुको विचमा कस्ले सबैभन्दा बढी वित्तीय लगानी कसले गर्ने प्राकृति र पर्यावरणलाई कसले बढी दोहन गर्ने बजार कस्ले कब्जा गर्ने भन्ने विषयम अहिले सत्रुतापूर्ण होडबाजी चलेको छ ।
अहिले इराक, इरान, अफगानिस्तान, सिरिया लगायका देशहरुमा गरिएका सैन्य आक्रमण धार्मिक प्रचारप्रसार चीन अमेरिका भारतको बिचमा चलिरहेको ब्यापार युद्ध र नेपालमा अहिले चर्चामा रहेको एमसिसी यसका मुख्य ज्वलन्त उदाहरण हुन् ।
यसबाट के निष्कर्षमा पुग्न सकिन्छ भने जबसम्म देशमा सम्पुर्ण देशवासी नागरिकले रोजगारी गर्ने व्यवस्था हुदैन् । श्रमजीवी र श्रमिकशक्ति पुर्णरुपमा स्वतन्त्र हुदैन् । जब सम्म उत्पादक शक्तिले उत्पादनका सम्पुर्ण स्रोत साधनमाथी स्वतन्त्रतापूर्वक नियन्त्रण गर्न सक्दैन । जबसम्म प्राकृति स्रोत साधन श्रमिक जोड्ने ब्यवस्था हुदैन तबसम्म दलाल एकाधिकार पुँजी कायम रहिरन्छ ।
यसरी छाइरहेको भुमण्डलीकृत एकीकृत एकाधिकार पुँजीवादको विरुद्ध सम्पुर्ण सर्वहारा श्रमजीवी जनता एक भएर नउठदा नजुटदा एकीकृत जनक्रान्तीको बिद्रोहको मसला नबोल्दा सम्म यसको विकल्प अरु कुनै हुने छैन् । आज द्लाल संसदवादीहरुले भन्ने गरेको समाजवादको एकरथी तुक छैन् । समाजवादको फन्डामेन्टल आधार तयार नगरी शोषक र शोषित एकै समुहमा जम्मा गरि समाजवाद हो भन्नु बाघलाई बाख्राको गोठालो बनाउनु जस्तै हो यो द्लाल ससदिय ब्यबस्थाको ढोङ्ग प्रचार हो ।
जबसम्म प्रचुर मात्रामा उत्पादनको गर्न सकिदैन स्रोत साधन सीमित हुन्छ्न नीजि स्वामित्व कायम रहन्छ । तब सम्म समाजवाद संविधान लेखेर आउदैन् उत्पादन सहितको आत्मनिर्भर आधार तयार नगरी समाजवादमा जानू हिजो पेरिस क्युन च्युत भएको उदाहरण जस्तै हो ।
यसर्थ आज नेपालको राष्ट्रिय पुँजीपती वर्ग दलाल पुँजीवादमा रुपान्तरण भएको छ । फाँसिज्वम पँुजिपती ब्यापारी र राजनीतिक दलका नेता कार्यकर्ता राज्यसत्ता मिलेर ब्यक्तिगत मनोपोलिसी लागू गरेका छन् ।
पुजीपतिले म कम्पनी खोल्छु उद्योग खोल्छु । लगानी गर्छु अरुलाई खोल्न नदिने भन्ने सम्झौतामा अडिग हुन्छ । यसर्थ आज राष्ट्रिय पँुजीवाद दलाल पुँजीवादमा रुपान्तरण भएको छ । यसकारण दलाल संसदीय व्यवस्था आवधिक चुनाव समाजवाद र नयाँ जनवादी क्रान्ति बाट क्रम भङ्गको सम्भावना नभई वैज्ञानिक समाजवाद बाट मात्रा सम्भव छ ।
यो आजको आधुनिक बिज्ञानमा आधारित अकाट्य नियम हो । उच्चतम मानव सभ्यताको समाज बैज्ञानिक समाज त्यो बैज्ञानिक समाजवादस् ब्यवस्था हो । यसकारण आजका सम्पुर्ण सर्वहारा श्रमजीवी जनता क्रान्तिकारी देशभक्तहरु एकताबद्ध भएर एकीकृत जनक्रान्तीको बिद्रोह मसाल बाल्दै आफ्नो अमुल्य मत जनमत सङ्ग्रह मार्फत बैज्ञानिक समाजवादी व्यवस्था प्राप्ति गर्नुको विकल्प छैन । यो नै सम्पुर्ण श्रमजीवी सर्वहारा जनताको निर्णायक क्रान्ति हो ।
















































। १४ माघ २०७८, शुक्रबार