एमाले जाजरकोटको सचिवमा गोपाल नेपालीको उम्मेदवारी घोषणा


नेकपा ( एमाले) जाजरकोटको सचिवमा गोपाल बहादुर नेपालीले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत जिल्ला सचिवमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

आईतबार विहान सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘नेकपा ( एमाले) छैटौं जिल्ला अधिवेशन जाजरकोटका प्रतिनिधी कामरेडहरु मेरो उम्मेदवारी जिल्ल्ला सचिवमा रहने भएकोले सबैमा निर्वाचित गर्न हार्दिक अपिल गर्न चाहान्छु ।’ एमाले जाजरकोटका नेताहरु मध्ये उनी यूवा पिढीका निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

आफुले जिल्ला सचिवमा जिते, पार्टी भित्र गुटउपगुट राजनीतिको अन्त्य गर्ने, जनताको लोकप्रिय पार्टी एमाले बनाउने, जबजको सिद्धान्त र मार्गदर्शनलाई आम जनता सामु परिचित गराउने र कार्यान्वयनमा जाने, आगामी चुनावमा पहिलो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यो पनि पढ्नुहोस् :

एमाले जाजरकोटको सचिवमा गोपाल नेपालीको चर्चा

तपाईको प्रतिक्रिया